निमित्त प्रशासकीय अधिकृत र वडा अध्यक्ष जुवा खेल्दै गर्दा १२ जना सहित पक्राउ

जाजरकोट – जुवाको खेल्दै गरेकाे अवस्थामा निमित्त प्रशासकीय अधिकृत र वडा अध्यक्ष सहित १२ जनालाई प्रहरीले पक्राउ गरेकाे छ।

शनिबार राति करिब ३ बजेको समयमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक शिवकुमार क्षेत्रीकाे कमान्डमा खटिएको टोलीले उनीहरुलाई जुवा खेलिरहेको अवस्थामा रंगेहात २ लाख ५२ हजार १ सय २० नगद सहित दुई गड्डी तास र १३ थान मोबाइल बरामद गरेकाे जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायव उपरीक्षक मधुकुमार थापाले बताए।

पक्राउ पर्नेमा भेरी नगरपालिकाका जाजरकोटका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती भेरी नगरपालिका वडा नं ६ का वडाध्यक्ष शशी बुढा,भेरी नगरपालिका ३ बस्ने ३० वर्षिय बालकृष्ण बुढाथोकी, साेहि नगरपालिका ५ बस्ने ४२ वर्षिय दल बहादुर घर्ती, वडा नम्बर ४ बस्ने ४६ वर्षिय प्रचण्ड जंग शाह, वडा नम्बर ८ बस्ने २५ वर्षिय जिवन खत्री, साेहि ठाउका २७ वर्षिय प्रभात केसी, वडा नम्बर ४ बस्ने ३३ वर्षिय सन्तोष श्रेष्ठ, बस्ने २७ वर्षिय निराजन भडेल, वडा नम्बर ५ बस्ने ३६ वर्षिय प्रकाशमान सिंह, वडा नम्बर १० बस्ने ३६ वर्षिय प्रशुराम गिरी, छेडागाड ननगरपालिका १३ बस्ने ४२ वर्षिय कर्ण बहादुर खड्का, कुशे गाउँपालिका ९ बस्ने ४८ वर्षिय दिकपाल आर.सी, रुकुम पश्चिम चौरजहारी नगरपालिका ६ बस्ने २० वर्षिय बिकास विक रहेकाे जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

उनिहरुले नगद बाहेक माेबाइल बैंककिङ मार्फत पनि लेनदेन गरेकाे अनुसन्धानबाट खुल्न आएकाेले के कति रकम प्रयाेग भयाे अनुसन्धानमै रहेकाले एकिन नभएकाे र अनुसन्धानपछि खुलाइने प्रहरी नायव उपरीक्षक थापाले बताए।

 

प्रकाशित मिति : २०७८ पुष १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस