बन्ध्याकरण शिविर परिवर्तन गाउँपालिकामा सञ्चालन हुदैं

रोल्पाको परिवर्तन गाउँपालिकामा परिवार योजनाको स्थायी बन्ध्याकरण शिविर सञ्चालन हुने भएको छ । नेपाल परिवार नियोजन संघ दाङको प्राविधिक सहयोग र स्वास्थ्य कार्यालय रोल्पाको आयोजनामा निशुल्क परिवार योजनाको स्थायी बन्ध्याकरण सेवा मिनिल्याप र भ्यासेक्टोमी शिविर सञ्चालन गर्न लागिएको परिवर्तन गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले एक सुचना प्रकाशित गर्दै सन्तानको रहर पुगिसकेका इच्छुक दम्पतीहरुलाई निशुल्क शिविरमा सहभागिता भएर सेवा लिन  आग्रह गरेको छ । उक्त शिविर सञ्चालन यहि पौष २३ गते मङ्गलबार परिवर्तन गाउँपालिका वडा नं। ३ को सामुदायिक स्वास्थ्य इकाई केन्द्र बागमारामा हुने परिवर्तन गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज न्यौपानेले बताउनुभयो ।

 

 

प्रकाशित मिति : २०७८ पुष १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस