गाडीको ठक्करबाट दाङमा एक जनाको मृत्यु – स्थानियद्धारा सडक ठप्प

दाङमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । दंगिशरण गाउँपालिका वडा नम्बर ६ का ३२ बर्षिय सुमन केसीको मृत्यु भएको हो । केसीलाई आज बिहान अन्दाजी चार बजे गाडीले ठक्कर दिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।

तुलसीपुर सुर्खेत सडकखण्ड अन्तर्गत दंगिशरण ६ को श्रीगाउँमा केसीलाई गाडीले ठक्कर दिएको हो । ठक्कर दिने गाडीको पत्ता लागेको छैन् । सडकमा घाइते अवस्थामा भेटिएका केसीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको डिएसपी अर्यालले जानकारी दिनुभयो ।

शबलाई राप्ती प्रादेशिक अस्पतालको शबगृहमा राखिएको छ । घटनापछि मृतकका आफन्तले दोषिको पहिचान र कार्बाहीको माग गर्दै तुलसीपुर हापुरे सडकखण्ड अवरुद्ध पारेका छन् । ठक्कर दिने गाडीको खोजि भइरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ पुष १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस