हुस्सुले उडान बन्द – जनजीवन प्रभावित

काठमाडौं, १६ पौष । देशका अधिकांश भू-भागमा हुस्सुले जनजीवन प्रभावित भएको छ । विशेषगरी तराई र तल्लो भू-भागमा हुस्सु बढी लागेको छ ।

काठमाडौं उपत्यकालगायत कम उचाईका पहाडी भू-भागमा हुस्सुले भिजिविलिटी कम भएको छ । उच्च पहाडी भूभागमा भने घाम लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको तराईका धेरै भू-भाग हुस्सु कुहिरो लागेको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्व भूभाग र विहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ ।

त्रिभुवन विमानस्थलमा हुस्सुले भिजिविलिटी कम छ । विमान अवतरण र उडान हुन सकेका छैनन् ।

प्रकाशित मिति : २०७८ पुष १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस