३५ बोरा युरिया मलसहित प्यूठानमा गाडी चालक र एक व्यक्ती पक्राउ

प्यूठान – प्रहरीले प्यूठानमा ३५ बोरा युरिया मलसहित गाडी चालक र एक व्यक्तिलाई पक्राउ गरेको छ । प्यूठान नगरपालिका वडा नम्बर ८ बाग्दुला बजारमा खटिएको बजार गस्तीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा लु १ च ६१७१ नम्बर को डबल पिकअप जिपको पछाडी ढाला रहेको कृषीमा प्रयोग हुने ३५ बोरा युरिया मल फेला परेको प्रहरीले जनाएको छ ।

उक्त कसूरमा संलग्न रहेका केशर महतरा समेतलाई पक्राउ गरी कालो वजार तथा केही अन्य समाजिक अपराध तथा सजाय ऐन २०३२ अन्तर्गत जिल्ला प्रशासन कार्यालय प्यूठानबाट ७ दिनको म्यादथप भई थप अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ । प्रहरीले पुस १३ गते राती ९ बजेको समयमा युरिया बरामत गरेको हो ।

प्यूठान नगरपालिका वडा नम्बर ९ मरन्ठाना स्थित दिर्घायु कृषी सहकारी संस्था लिमिटेडबाट खरीद गरी कपिलवस्तुको चन्द्रौटामा बिक्री वितरण गर्ने प्रयोजनको लागि लिनलागेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न गाडी चालक २३ वर्षीय विवश क्षेत्री र केशर महतरा दुवै जना कपिलवस्तु शिवराज नगरपालिका वडा नम्बर ३ खरेन्द्रपुर निवासी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७८ पुष १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस