पुस १४ – आज बुधबार देशभर मौसम सामान्य देखि पुर्ण बदली रहि अधिकांश स्थानहरुमा हल्का तथा हिमाली र पहाडका केही भागमा हिमपातकाे सम्भावना रहेकाे छ।
देशका केही स्थानमा गए राति देखि हल्का वर्षा भैरहेको छ भने उच्च हिमाली भू-भागमा र काठमाडौ चन्द्रागिरीमा पनि हिमपात भइरहेकाे छ। पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकोले देशभर सामान्य देखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
वर्षा र हिमपात एकैसाथ भइरहेकाले देशभर अत्यधिक चिसाे बढेकाे छ। काठमाडौकाे तापक्रम ८-१२ डिग्री सेल्सियस मापन गरिएको छ। तर यहि अनुपातमा चिसाे बढदै गए न्युनतम ४ डिग्री सेल्सियस सम्म रहने छ। त्यसैगरी जुम्लाको तापक्रम आज ४-६ डिग्री सेल्सियस मापन गरिएकाे छ तर चिसाेकाे यहि अनुपातमा बढे -७ डिग्री सेल्सियस सम्म रहन सक्ने महाशाखाले जनाएको छ।
देशभर चिसाे अत्यधिक बढदाे क्रममा रहेकाले सुरक्षित रहन समेत महाशाखाले बताएको छ।