रोल्पाको लिबाङमा नेपाल बाख्रा पालन महासँघको प्रथम जिल्ला अधिबेशन सम्पन्न

नेपाल बाख्रा पालन महासँघ रोल्पाको प्रथम जिल्ला अधिबेशन लिबाङमा सम्पन्न भएको छ ।

नेपाल बाख्रा पालन महासंघका केन्द्रिय सचिब गिर बहादुर के सि शन्तोषको प्रथम आतिथ्यतामा भएको कार्यक्रमको बिशिष्ट अतिथिहरुमा जिल्ला समन्वय समिती रोल्पाका प्रमुख राज बहादुर बुढा, नेपाल बाख्रा पालन महासँघ प्यूठानका अध्यक्ष राम प्रसाद , भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र रोल्पाका कार्यालय प्रमुख डाक्टर सुकई प्रसाद थारु र नेश्नल इन्सोरेन्स कम्पनीका रिलेशनसिप अफिसर जनक वली रहनु भएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासँघ रोल्पाका अध्यक्ष नबिनलोचन मगर, रेडियो मालश्रीका पत्रकार लोकेन्द्र चन्द लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रममा रोल्पा जिल्लाभरका ब्याबसायिक रुपमा बाख्रा पालन गर्दै आएका बाख्रा पालन कृषकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्ने बत्ताहरुलै जिल्लाका सम्पुर्ण बाख्रा पालन कृषकहरु यसरी एक भएर लागेकोमा खुशी ब्यत्त गर्दै, अब यसरी ब्याबसायिक रुपमा गरिने बाख्रा पालन ब्याबसाय आफु मात्र स्वरोजगार मुलक नभई परिवारका सदस्य र अन्य व्यरोजगारलाई समेत रोजगार दिने खालको ब्यावसाय सुरु गर्न आग्रह गरेका थिए ।

नेपाल बाख्रा पालन महासँघ रोल्पाका तदर्थ समिती अध्यक्ष लोकमान वलीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन बाख्रा पालन ब्याबसायि राजकुमार पुरीले गर्नु भएको थियो भने, कार्यक्रमा स्वागत मनतब्य बाख्रा पालन ब्याबसायि राजबहादुर घर्तिले राख्नु भएको थियो । अधिबेशन बाट लोकमान वली को अध्यक्षतामा ११ सदस्य नेपाल बाख्रा पालन महासँघ रोल्पा समेत गठन गरिएको छ ।

जसको उपाध्यक्षमा सिता डाँगी, सचिबमा धाम बहादुर बिष्ट, कोषाध्यक्षमा नेत्रबहादुर महरा सह–सचिव उत्तम पुन रहनु भएको छ । अन्य बाकि सदस्यमा रहेको आयोजकले जानकारी दिएको छ । त्यस्तै प्रदेश प्रतिनिधिहरुमा राजकुमार पुरी, जिवराज वली, राज बहादुर घर्ति, टोपेन्द्र डागी तारा वली सर्वसमत रुपमा चुनिएको जनाइएको छ ।

 

प्रकाशित मिति : २०७८ पुष ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस