१५ हजार नक्कली नेपाली नोटसहित दुई भारतीय पक्राउ

सर्लाहीको मलंगवाबाट नक्कली नेपाली नोटसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरूको साथबाट रु एक लाख १५ हजार बराबरको नेपाली नक्कली नोट बरामद भएको सशस्त्र प्रहरी बल सर्लाहीले जनाएको छ ।

पक्राउ पर्नेमा भारतको सोनवर्षाका ३७ वर्षीय सुरेन्द्र महतो ९आषिश० र ४८ वर्षीय प्रमोद कुमार रहेका सशस्त्र प्रहरीले जनाएको छ । नक्कली नोट बोकेर भारतीय बजार सोनवर्षाबाट नेपालतर्फ प्रवेश गर्न लाग्दा नाकामै उनीहरू पक्राउ परेका हुन् । सीमा छेउको गोरखकालीस्थित भन्सार कार्यालय अगाडि ड्युटिमा बसेका सशस्त्र प्रहरीले उनीहरूलाई नक्कली नोटसहित पक्राउ गरेका हुन् ।

सशस्त्र प्रहरी बल १० नं गणका सशस्त्र प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरत खनियाँका अनुसार उनीहरू बीआर ३० वाइ ४१३९ नम्बरको भारतीय मोटरसाइकलमा आएका थिए । ड्युटीमा रहेका सशस्त्र प्रहरीलाई शङ्का लागेपछि चेकजाँच गर्नेक्रममा मोटरसाइकलको डिक्की र सिटको बीचमा लुकाएर ल्याएको रु एक हजार दरका ११५ नोट बरामद भएको हो ।

पक्राउ परेका दुवैलाई अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ । उनीहरूलाई शनिबार नियन्त्रणमा लिएको भए पनि आज मात्रै सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : २०७८ पुष ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस