कैलाली टिकापुरका २३ वर्षीय भुपेन्द्र बडुवालको हत्या प्रकरण सेलाउन नपाउँदै अर्को विभत्स हत्या भएको छ ।
कैलालीको जानकी गाउँपालिका ९ का २५ वर्षीय अरुण दासको घाँटी रेटेर टाउको छिनालेर विभत्स हत्या भएको हो ।
प्रहरीका अनुसार सोही वडाको अमरावती सामुदायिक वनमा नग्न बनाई टाउको अलग पारिएको अवस्थामा दासको शव हिजो फेला परेको थियो ।
प्रहरीका अनुसार दास साथीसँग जाने भन्दै घरबाट निस्किएका थिए । दास भारत आउजाउ गर्ने गरेको खुलेको छ ।
घटनाको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम प्रदेश प्रहरीको टोली सक्रिय छ ।
प्रकाशित मिति : २०७८ पुष ५ गते सोमवार