रोल्पाको थबाङबाट पहिलोपटक दिवा सेवा – १२ घण्टामै काठमाडौं

रोल्पा आफैमा पनि एक बिकट जिल्ला मानिन्छ जहा बिकास र समृद्धीलाई हेर्ने हो भने खासै भएको पाईदैन ।

यसैबिच थबाङ रोल्पा देखि रूकुम पूर्वको खाबाङ, बाग्लुङ बुर्तिबाङ,कास्की पोखरा, मुग्लिन हुँदै काठमाडौको लागि दिवा सेवा घोडाघोडी डिलक्स यातायात सुचारु भएको छ ।

अब थबाङ देखि काठमाडौं पुग्न मात्र १२ घण्टा लाग्नेछ । दैनिक बिहान 9:00 बजे थबाङ देखि काठमाडौंको लागि बस छुटनेछ ।

यो सेवा लागु भएपछी रोल्पाको थबाङ आसपास र पुर्बी रुकुमका स्थानीयलाई बिशेष राहत मिल्ने जनाईएको छ ।

प्रकाशित मिति : २०७८ पुष ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस