अदुवाको मुल्य ओरालो लागेपछि सल्यानका किसान मारमा

सल्यानको प्रमुख नगदेबालीको रुपमा रहेको अदुवाले मूल्य नपाएपछि किसान चिन्तित बनेका छन् । वर्षेनी अदुवाको मूल्य ओरालो लागेपछि किसान झनै मारमा परेका हुन् ।

गत वर्ष ५० रुपैयाँ किलोसम्म बिक्री गरेका किसानहरु यस वर्ष भने ३० रुपैयाँ किलो कारोबार भएपछि मारमा परेका छन्।अदुवाको मूल्य लगातार घट्दै जाँदा व्यावसायिक अदुवा खेती गर्ने किसानहरुको संख्या घट्दै गएको शारदा नगरपालिका– ७ रामेखोलाका किसान कृष्ण बुढाथोकीले बताउनुभयो ।

थोरै रोपेर धेरै फलाउन सकिने, कम मेहनत पर्ने र अन्नबालीभन्दा पर्याप्त आम्दानी गर्न सकिने उपजका रुपमा अदुवालाई लिइन्छ तर निरन्तर बजारमा समस्या आउँदा कठिन भएको किसानहरुको भनाई छ । सल्यानमा १ हजार ७ सय २० हेक्टरमा २५ हजार ९ सय ७२ मेट्रिक टन अदुवा उत्पादन हुँदै आइरहेको कृषि विकास कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।।

प्रकाशित मिति : २०७८ पुष २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस