परिवर्तन गाउँपालिका रोल्पामा कार्यरत ४ कर्मचारीलाई एक कार्यक्रमका बिच बिदाई

रोल्पाको परिवर्तन गाउँपालिकाले आफ्नो गाउँपालिकामा कार्यरत ४ जना कर्मचारीलाई विहिबार एक कार्यक्रमका बिच बिदाई गरेको छ । संघीय मामिला तथा सामान्य कानुन मन्त्रालयले केही दिन अघि नेपालको ७५३ पालिकाका करिब १७ सय बढी कर्मचारीको सरुवा गर्ने निर्णय गरेको थियो । जसअन्तर्गत परिवर्तन गाउँपालिकामा पाँच जना कर्मचारी परेका हुन् ।

परिवर्तन गाउँपालिकामा सरुवा भएर जाने कर्मचारीमा निमित्त प्रमुख प्रशासकीय छैठौं अधिकृत राजेश बोहरा, इन्जिनियर मुक्तिराम कँवर, वडा सचिव सहायक चौथो दिपक गौतम र असिस्टेन्ट सव इन्जिनियर राज चौधरी लगाएत रहेका छन् । सरुवा हुने सबै परिवर्तन गाउँपालिकामा दुई बर्ष देखि कार्यरत थिए । एक स्थानीय तहमा कम्तिमा दुई बर्ष सम्म रहेर काम गर्ने प्रावधान रहेको छ । बिदाई कार्यक्रममा परिवर्तन गाउँपालिका अध्यक्ष निमकान्त डाँगी, उपाध्यक्ष हित कुमारी बुढामगर, परिवर्तन गाउँपालिका १ का वडा अध्यक्ष बम बहादुर पुन, परिवर्तन गाउँपालिका प्रवक्ता तथा २ का वडा अध्यक्ष हरि प्रसाद बुढा, ३ का वडा अध्यक्ष झपिराम डाँगी, ४ का वडा अध्यक्ष दल बहादुर बुढा, ५ का वडा अध्यक्ष सुक बहादुर बुढा, ६ का वडा अध्यक्ष भानसिङ बुढा लगाएत परिवर्तन गाउँ पालिका कार्यपालिका सदस्यहरु, परिवर्तन गाउँपालिकामा कार्यरत कर्मचारीहरुले सरुवा भएर जाने कर्मचारीलाई फुल, माला, अबिर, मायाको चिनो र खाता ओढाएर बिदाई गरेका हुन् । बिदाई कर्मचारीले सधैं परिवर्तन गाउँपालिका नागरिकलाई सम्झीरहने बताएका थिए ।

परिवर्तन गाउँपालिका वडा नं।६ मा कार्यरत सचिव दिपक गौतमलाई पनि बिदाई गरिएको छ । वडा अध्यक्ष भानसिङ बुढाको अध्यक्षतामा भएको कार्यक्रममा परिवर्तन गाउँपालिका नेकपा माओवादी केन्द्रका सचिव कर्ण बुढा, स्थानीय बुद्धिजीवी तथा व्यापारी लुद्र बुढा, वडाका सव इन्जिनियर मोहन घर्ती, रेडियो मालश्री एफएमका पत्रकार सुर्य प्रकाश बुढा र स्थानीयहरुले फुलमाला अबिर र खाता लगाई बिदाई गरेको बताइएको छ । दुई बर्षसम्म यहाँका नागरिकको सेवा गर्न पाउदा आफू खुशी भएको बताउदै गौतमले रोल्पाको नाम धेरै पटक सुनेको र यहाँ आएर काम गर्नु आफ्नो लागि गौरवको कुरा भएको बताउनुभयो । रोल्पा एक महान जनयुद्धको जिल्ला भएको र यहाँ आएर धेरै कुरा सिक्ने अवसर पाएको बताउदै सधैं यहाँका नागरिक लाई सम्झीरहने समेत बताउनु भयो ।

प्रकाशित मिति : २०७८ पुष १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस