छात्रालाई पढाइदिने बहानामा बलात्कार गरेकाे आराेपमा शिक्षक पक्राउ

बाँके । आफैले अध्यन गराउने छात्रालाई जबर्जस्ती करणी गरेकाे अभियाेगमा नेपालगन्जका एक शिक्षक पक्राउ परेका छन । नेपालगञ्जको एउटा टेक्निकल कलेजमा अध्यापनरत बर्दिया गेरुवा गाउँपालिका वडा नम्बर १ का ४१ वर्षीय हिक्मत रावललाई प्रहरीले पक्राउ गरेकाे हाे।

उक्त कलेजमा पढ्ने १७ वर्षीया छात्रालाई शिक्षक रावलले पढन सिकाउने बहानामा पटक–पटक जबर्जस्ती करणी गर्दै आएको पिडित छात्राका परिवारले दिएको जाहेरीमाका आधारमा गत २३ गते पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

छाेरीलाई पढाइदिने बहानामा गत श्रावण २७ र २९ गते होटल राेयल प्यालेस बाँकेमा र गत १० गते आफ्नै घरमै बोलाएर शिक्षक रावलले तीन पटक आफूलाई बलात्कार गरेकाे छाेरीले आफुहरुलाई बताएको परिवारकाे दाबी छ।

शिक्षक रावलले छात्रालाई विभिन्न डर धम्की दिएर अहिलेसम्म भन्न नसकेको ती छात्राले प्रहरी समक्ष बताएकि छन। थप अनुसन्धानकाे लागि जिल्ला अदालतबाट म्याद थपगरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।

प्रकाशित मिति : २०७८ मङ्सिर २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस