सरस्वती मा वि रोल्पाको भवन तथा बिज्ञान प्रयोगशाला उद्घाटन

रोल्पा । सरस्वती माध्यामिक विद्यालय माडी १ वल्लेको ४ कोठे भवन तथा बिज्ञान प्रयोगशालाको उद्घाटन गरिएको छ । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार वलीको अध्यक्षता एवम् माडी गाउँपालिका अध्यक्ष नन्द बहादुर पुनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिकाका भौतिक पुर्वाधार समिति संयोजक एवम् ५ नम्बर वडा अध्यक्ष भरत बहादुर बुढामगर र वडा नम्बर १ का वडा अध्यक्ष आम बहादुर घर्तिमगरको विशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेकपा एमाले माडीका अध्यक्ष प्रेम घर्ती, नेपाली कंग्रेसका प्रदेश निर्वाचन ‘ख’ का सभापति गोपाल घर्तिमगर, नेकपा माओवादी केन्द्र माडीका अध्यक्ष अमरसिंह घर्तिमगर ‘मित्रमनी’, विप्लव नेकपा माडीका इन्चार्ज कुशल वली ‘सन्दिप’, रेडियो माडी आवाजका स्टेशन म्यानेजर बुद्धिमान वली, माडी १ का बिद्यालयका प्राध्यापकलगायतको सहभागीता रहेको थियो ।

बिद्यालयमा करिव ३६ लाखको लागतमा ४ कोठे भवन निर्माण सम्पन्न हुँदा स्थानीय खुशी देखिन्थे भने झाकी नृत्यले अतिथिहरुलाइ सम्मान समेत गरेका थिए । माडी १ का वडा सदस्य एवम् बिव्यस सदस्य शिव प्रसाद वलीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन बिद्यालयका शिक्षक लक्ष्मीराज घर्तिले गरेका थिए ।

प्रकाशित मिति : २०७८ मङ्सिर २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस