इन्जिनियरिङ परिषदद्वारा १८ जना इन्जिनियरको लाइसेन्स खारेज

नेपाल इन्जिनियरिङ परिषद्ले आचारसंहिता तथा ऐनविपरित काम गरेको भन्दै १८ जना इन्जिनियरको लाइसेन्स खारेज गरिदिएको छ । परिषद्ले विभिन्न उजुरीको आधारमा कामकारबाही गर्दा कैफियत देखिएको भन्दै अब इन्जिनियरिङका कुनै पनि काम गर्न नपाउने गरी १८ जनाको लाइसेन्स खारेज गरिदिएको हो ।

परिषद्का रजिष्टार शिवमंगल गिरीले नाम दर्ता ऐनअनुसार परिषद्को दर्ता कितावबाट उनीहरुको नाम खारेज गरिएको जानकारी दिए । दर्ता किताबबाट नाम खारेज भन्नु नै इन्जिनियरको लाइसेन्स खारेज भन्ने हो । इन्जिनियरहरुका विरुद्ध उजुरी परेको र प्रहरी प्रशासनमार्फत पनि आउने हुँदा लाइसेन्स खारेज गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।

कसैले आचारसंहिता उल्लंघन गरेमा र त्यो बाहेकको काम गरेमा इन्जिनियरको लाइसेन्स खारेज हुने उनले बताए । यसका साथै भूलबस दर्ता भएकाहरुको पनि लाइसेन्स खारेज हुने व्यवस्था रहेको उनको भनाइ छ । लाइसेन्स खारेज हुने इन्जिनियर सिभिल र जियोलोजी विधाका हुन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस