एमसीसीको कार्यालय घेराउ – अब संसद् भवन घेराउ गर्ने गजुरेलको घोषणा

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी लगायत आठ राजनीतिक पार्टीले आज काठमाडौँस्थित एमसीए कार्यालय घेराउ गरेका छन्।

संयुक्त राजनीतिक पार्टीको पूर्वघोषित सङ्घर्षको कार्यक्रमअनुसार आज दरबारमार्गस्थित एमसीए कार्यालय घेराउ गरेका हुन।

सहभागीहरुले एमसीसी सम्झौता खारेज गर, गो ब्याक एमसीसी, देशभक्ति शक्तिहरु एक हौँ लगायतका नाराहरु लगाउदै प्रदर्शनसहित एमसीए कार्यालय गरेका हुन।

नेपालको अहितमा रहेको भन्दै उनीहरूले एमसीसी अस्वीकार गर्नुपर्ने बताउँदै आएका छन् ।

घेराउपछि आयोजित कोणसभामा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलले एमसीसी भनेको जनताको टाउकोमाथि तेस्र्याइएको तरबार भएको बताए।

उनले एमसीसी खारेज गर्न सबै नेपाली जनताले चाहेको भन्दै सो सम्झौता खारेज नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिए। नेता गजुरेलले एमसीसीको विरोधमा भोली संसद् भवन घेराउ गर्ने घोषणा पनि गरे।

प्रकाशित मिति : २०७८ मङ्सिर २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस