विप्लबका बिद्यार्थीद्वारा बाल कल्याण नमुना बिद्यालय रोल्पामा तालाबन्दी

रोल्पा । नेत्र बिक्रम चन्द ‘विप्लब’ नेतृत्वको बिद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले रोल्पाको सदरमुकाम लिबाङमा रहेको बाल कल्याण नमुना माध्यामिक बिद्यालयमा आईतबार तालाबन्दी गरेको छ । बिद्यालयले शिक्षा नियमावली बिपरित कार्यगरेको भन्दै ८ बुँदे बिज्ञप्ति जारीगर्दै तालाबन्दी गरेको हो ।

कक्षा १० का बिद्यार्थीहरुबाट भर्ना सुल्क २५ सय लिएको, अंग्रेजी र नेपाली माध्यमबाट पठनपाठन गराई शिक्षामा विभेद सृजना गरेको, एसएलसी उतिर्ण विद्यार्थीहरुको ६ सय तिरेर प्राप्त हुने लब्धाङक पत्रमा २७ सय ५० लिएको, कक्षा १० का बिद्यार्थीहरुलाई अनिबार्य होस्टेल बस्न बाध्य बनाई ५ हजार लिएको, कोचिङ कलासको नाममा महँगो फिस उठाएको लगायतका आरोपसहित बिद्यालयमा तालाबन्दी गरेको अनेरास्ववियु क्रान्तिकारीका जिल्ला अध्यक्ष हरिबहादुर वलीद्वारा जारी बिज्ञप्तिमा जनाएइको छ।

बिद्यालयका समस्याहरुलाई लिएर सम्बन्धित पक्षलाई पटक-पटक सच्याउन ध्यानाकर्षण गराउदा पनि मुखदर्शक भएको भन्दै अनिश्चितकालका लागि तालाबन्दी गरेको अध्यक्ष ओलीले बताए ।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष महेश न्यौपानेलाई तालाबन्दी भएको बिषयमा बुझ्दा, उनीहरुले राखेका मागहरु बारे आफु अनविज्ञ रहेको तर बुझेर छलफलद्वारा समस्या हलगर्ने बताए ।

बिद्यार्थीहरुलाई होस्टेल बस्न बाध्य पारेर मासिक ५ हजार तिराएको बिषयमा अध्यक्ष न्यौपानेसंग प्रश्न गर्दा, उक्त आरोप निराधार भएको भन्दै इन्कार गरे । उनले भने ‘बिद्यार्थीहरुले यसअघि होस्टेलमा बस्न पाउ भनि दिइएका थुप्रै निबेदनहरु हुँदाहुँदै पनि उनीहरुलाई होस्टेलको ब्यबस्था गर्न सकेका छैनौ भने होस्टेल बस्न कसरि बाध्यता पार्न सक्छौ रु’ उनले प्रति प्रश्न गरे ।

बिद्यालयका प्रधानाध्यापक बिशेष कारणले बाहिर भएको हुँदा उहाँ आएपछि छलफलद्वारा तत्कालै समस्या समाधान गर्ने अध्यक्ष न्यौपानेले बताए ।

 

बिज्ञप्ति

प्रकाशित मिति : २०७८ मङ्सिर २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस