लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान गंगादेव गाउपालिकामा सम्पन्न

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान गंगादेव गाउपालिका रोल्पामा सम्पन्न भएको छ । गाउपालिका निमित्त कार्यालय प्रमुख पुष्पा पनेरु देवकोटाको अध्यक्षता एवम कार्यबाहक गाउपालिका अध्यक्ष जलेश कुमार केसिको प्रमुख आतिथ्यतामा रहेको थियो ।

कार्यक्रममा गाउँ कार्यपालिका सदस्य टीका बिक,महिला तथा बालबालिका शाखा प्रमुख सुनिता चौधरी ,रोजगार शाखा प्रमुख खिमा पाण्डे ,प्रेस सयोजक अशोक वली सबै वडाका आमा समुहको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा आमा समुहहरुले जनचेतनामुलक गित नृत्य प्रस्तुत गरेका थिए । सुनिता चौधरीको स्वागत मन्तव्य बाट भएको कार्यक्रमको संचालन प्रेस सयोजक अशोक वलीले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७८ मङ्सिर २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस