
प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनले बिष्णु सापकाेटाको अध्यक्षतामा १९९ सदस्सीय समिति घोषणा गरेको छ। बन्दसत्रमा गठन गरिएको अध्यक्ष मण्डलले १५ जना पछि थप गर्ने गरी सदस्यको नाम सार्वजनिक गरेको थियो ।
पदाधिकारी भने पछि चयन गरिने भएकने छ। सहजिकरणका लागि गोविन्द आचार्यको संयोजकत्वमा अध्यक्ष मण्डल गठन गरिएको थियो । शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मेलनको उद्घाटन गरेका थिए ।
यसअघि महेश्वर दाहालको नेतृत्वमा २६० सदस्सीय कार्यसमिति रहेको थियो । महाधिवेशनमा ७७ जिल्ला, उपत्यका, एसोसिएट र प्रतिष्ठानका प्रतिनिधि गरी झण्डै ८०० प्रतिनिधि सहभागी भएको सेन्टरले जनाएको छ ।
प्रकाशित मिति : २०७८ मङ्सिर १९ गते आइतवार