निकालेका व्यक्ति संसदमा आए संसद चल्न नदिने ओलीको चेतावनी

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद चल्न नदिने संकेत गरेका छन् । शुक्रबार पार्टी कार्यलयमा अध्यक्षको पदभार ग्रहण गदै ओलीले संसद चल्न नदिने बताए ।

आफूहरुले निष्कासन गरेका व्यक्तिहरू संसदमा राखेर संसद चल्न नसक्ने बताएका छन् ।  उनले भने, ‘हामीले निष्कासन गरेका व्यक्तिहरु फेरि संसदमा आउँछन् भने हामी स्वीकार गर्न सक्दैनौं ।’

सरकारले २८ गते संघीय संसद बैठक बोलाएको छ । एमालेले एकीकृत समाजवादीका सांसदहरुलाई अवैध भन्दै संसद अवरोध गदै आएको छ ।  यो गठबन्धनबाट काम नलाग्ने बताएका छन् । उनले भने, ‘गठबन्धनको सरकारबाट देश चलिरहेको छैन् ।

सरकार चलिरहेको छैन् । यस्तोलाई चलेको भन्ने हो भने त नचलेको कस्तोलाई भन्ने ?’ सर्वोच्चमा अहिले व्यवधान सिर्जना गरिएको भन्दै ओलीले पाँच दलीय गठबन्धनका कारण विकृति आएको आरोप लगाए।

प्रकाशित मिति : २०७८ मङ्सिर १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस