दैनिक २ लाखलाई कोरोना खोप

सरकारले अब कोभिड–१९ विरुद्धको खोप दैनिक २ लाख जनालाई लगाउन निर्देशन दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो ।

कोभिड–१९ विरुद्धको खोपसम्बन्धमा स्पष्ट रणनीति बनाउने र नेपाल सरकारबाट सबै नेपालीलाई निःशुल्क रुपमा खोप उपलब्ध गराउने प्रतिबद्धता भए अनुरुप प्रतिदिन न्यूनत्तम २ लाख जनालाई अनिवार्य रुपमा खोप लगाउने व्यवसथा मिलाउन बैठकले मन्त्रालयलाई निर्देशन दिएको हो ।

हालसम्म नेपालमा कुल जनसंख्याको २८.२ प्रतिशतलाई पूर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले एकै दिन ३ लाख जनासम्मलाई समेत खोप लगाएको विवरण सार्वजनीक गरेको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस