नवनिर्वाचित केन्द्रीय सदस्यलाई ओलीको यस्तो ठाडो निर्देशन

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नवनिर्वाचित केन्द्रीय सदस्यहरुलाई  दम्भ तथा अहंकार नदेखाउन निर्देशन दिएका छन् । पार्टीको दशौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई शपथग्रहरण गराउदै दम्भ अहंकार नदेखाउन निर्देशन दिएका हुन ।

मंगलबार बन्दसत्रलाई पनि ओलीले समापन गरेका छन् । ओलीले भने ‘हामीलाई हेरेर कस्तो तरिका, कस्तो शैली, कस्तो बोलीबचन अपनाउने भनेर अरु पार्टीका मानिसले अनुशरण गर्ने खालको हुनुपर्छ । हाम्रो आनीबानी नेता झैं हुनुपर्छ । कुनै पनि नेता घमण्डी, अहंकारी हुँदैन । अहंकारी मान्छे नेता हुँदैन । नेता भएपछि अहंकारी हुँदैन ।’ पुराना नेताले असल तौर तरिकाका साथ नयाँलाई सिकाउने र नयाँले पनि उत्सुकताका साथ पुराना नेताबाट सिक्न जरुरी रहेको उनले बताए ।

उनले नवनिर्वाचित सबैलाई चनाखो ढंगले अध्ययन गर्न, परिस्थिति र विषयलाई विश्लेषण गर्ने क्षमताको विकास गर्न सुझाव पनि दिए । उनले महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय कमिटीका नवनिर्वाचित सबै सदस्यलाई हार्दिक बधाई तथा शुभकामनासमेत दिए

प्रकाशित मिति : २०७८ मङ्सिर १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस