जाजरकोटमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दुई जना महिला, दुई जना पुरुष र एक जना बालिका रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ ।
दुर्घटनामा २९ जना घाइते भएका छन्
नेपालगन्ज देखि जाजरकोटको हुँदै रुकुम राडिबजार जाँदै गरेको ना ६ख २७५७ नम्बरको रात्रि बस राति साढे २ बजेतिर जाजरकोटको भेरी नगरपालिका १३ कुदु बराहचौर नजिक दुर्घटना भएको हो।
दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने २९जना घाइते भएका छन । घाइते यात्रीहरुको जिल्ला अस्पताल जाजरकोटमा उपचार भई रहेको छ र मृत्यु हुने ५ जनाको सनाखत समेत भएको छ ।
मृत्यु हुनेमा कुशे ९ जाजरकोट कि १८ बर्शिया अनिला नेपाली र आठाबिसकोट ५ रुकुम पश्चिम की २४ बर्षिया सन्ध्या मल्ल शाही त्यस्तै नलगाड ३ करुवा जाजरकोट का २६ बर्षीय शेर बहादुर परियार, आठ्बिसकोट ४ रुकुम कि ४ बर्षिया दिब्या शाही र सप्तरी राजबिराज नगरपालिका १ घर भई दिपेन्द्र आधारभुत बिध्यालय सक्ला जाजरकोटमा कार्यरत ४० बर्षीय गंगाराम यादबको मृत्यु भएको छ ।
घाइते मध्य तीन जनाको अबस्था गम्भीर रहेको छ । उनीहरुको थप उपचारका लागि नेपालगन्ज पठाउने तयारी भई रहेको छ । स्यालले बाटो काट्न खोजेपछि स्याल जोगाउन खोज्दा दुर्घटना भएको चालक चित्र बहादुर देनारले बताएका छन । उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरि रहेको छ ।चालक निदाएर दुघर्टना भएको पनि हुन् सक्ने आशंका गरिएको प्रहरीको भनाई रहेको छ।