निधिले गरे देउवालाई तनाव हुनेगरी यस्तो घोषणा

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आगामी सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । आज नयाँ बानेश्वरस्थित बानेश्वर ब्यांक्वेटमा पत्रकार सम्मेलन गरी उनले औपचारिक रुपमा आगामी महाधिवेशनको लागि सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन ।

उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दैं विगतको पृष्ठभूमि र नेतृत्वदायी अनुभवको यस चरणमा नेपाली कांग्रेसको केन्द्रीय सभापति पदमा आफूलाई प्रस्तुत गरेको बताएका छन ।

पार्टीभित्र विकसित गुट–उपगुटको अवस्थालाई उचित व्यवस्थापन गरी सबै साथीहरुलाई ऐक्यबद्ध रुपमा पार्टीको लक्ष्यउन्मुख गराउने, लक्ष्य रहेको निधिले बताएका छन । नेपाली कांग्रेसको १४ औं महाधिवेशन यही मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुदै छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस