पत्रकार भण्डारीमाथि प्रहरीको दुव्र्यवहारप्रति महासंघको ध्यानाकर्षण बिज्ञप्ती सहित

नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष खिलबहादुर भण्डारीलाई उनको निवासमा एक्कासी प्रवेश गरेका सादा पोसाकका प्रहरीले दुव्र्यवहार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बुढानिलकण्ठ नगरपालिका–११ कपनस्थित आज दिउँसो पूर्वउपाध्यक्ष भण्डारीको घरमा केही महिना अगाडि डेरा बसी छाडिसेकेका व्यक्तिको बारेमा सोधखोज गर्न एक्कासी पुगेका ५ जना सादा पोसाकका प्रहरीलाई के कसो भनी जानकारी लिन खोज्दा प्रहरीले उल्टै उनलाई दुव्र्यवहार गरेको पूर्वउपाध्यक्ष भण्डारीले महासंघलाई जानकारी गराएका थिए ।

कुनै पनि व्यक्तिको घरमा पुगेर सोधखोज गर्दा प्रहरीबाट पदीय जिम्मेवारी वहन गर्दा मर्यादित भई प्रस्तुत हुनुपर्नेमा त्यस किसिमले दुव्र्यवहार गरिनु निन्दनीय र दुःखद् कार्य भएको महासंघका महासचिव रोसन पुरीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै, महासंघले घटनाको छानबिन गरी दोषी प्रहरीमाथि विभागीय कारबाही गर्न र यस्ता कार्य नदोहोर्याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस