नेकपा एकिकृत समाजवादी निकट पर्यटन व्यवसायीहरुको संगठन पर्यटन व्यवसायी संगठन नेपाल पुर्नगठन

नेकपा एकिकृत समाजवादी निकट पर्यटन व्यवसायीहरुको संगठन पर्यटन व्यवसायी संगठन नेपाल पुर्नगठन भएको छ । पार्टीका नेता तथा स्थायी समिती सदस्य मुकुन्द नेपालको प्रमुख आथ्यितामा सम्पन्न भेलाले पर्यटन व्यवसायी अन्जन कुमार थापाको अध्यक्षतामा ७५ सदस्यीय पदाधीकारी तथा केन्द्रिय समिती सदस्य चयन गरेको छ । पुर्नगठित संगठनमा अध्यक्ष अन्जन कुमार थापा , उपाध्यक्षहरु विरेन्द्र अधिकारी , दामोदर ढकाल , गणेश रिमाल, अर्जुनलाल प्रधान, , हरिभक्त श्रेष्ठ, धनबहादुर गुरुङ, तेन्जिङ शेर्पा तथा रामकृष्ण तिमल्सिना रहनु भएको छ ।

 

त्यस्तै महासचिवमा बद्रि प्रसाद तिमल्सिना उपमहासचिवमा नमराज गौली केशव धिताल चयन हुनुभएको छ । त्यसैगरि सचिवमा सुमन न्यौपाने, प्रदिप पण्डित, विष्णु बराकोटी , अच्युत गुरुङ , तिलक लोहनी तथा उत्तम कार्की रहनु भएको छ । संगठनको कोषाध्यक्षमा नवराज थापा तथा सहकोषाध्यक्षमा सुनिल सिलवाल चयन हुनुभएको वरिष्ठ पर्यटन व्यवसायी योगेन्द्र थापाले जानकारी दिनुभयो । पुर्नगठित पर्यटन व्यवसायी संगठन नेपालमा ५५ केन्द्रिय सदस्य रहेका छन् ।

 

मनोनित केन्द्रिय सदस्यहरुमा ः
मदन आर्चाय, योगेन्द्र थापा,भिम पन्त, डि.बी गुरुङ, निशेष थापा, राजन कंडेल, बद्री राई, हरि मल्ल, रवि रिजाल, युवक धमला, मेरे कार्की, मातृका रिजाल, कृष्णहरि खत्रि, प्रेमकुमार श्रेष्ठ,दोर्जे शुसिल शेर्पा , कामि शेर्पा, प्रकाश उप्रेती, सन्तोष मगर , विश्वराज रेग्मि, गोपाल न्यौपाने, नवराज लामिछाने,शिव लामिछाने, नानीनाथ देवकोटा, रत्नप्रसाद दुलाल केदार , पदम निधी तिवारी, बासुदेव आर्चाय, भिम लामा, नवराज अधिकारी, अमृत बुर्लाकोटी, भुपालराज श्रेष्ठ, सन्तोष गौली, विष्णु कडेल, बद्रि पाण्डे, राजेश रिमाल, केशव मैनाली, शशि लामिछाने, मधु रिमाल, सुमन अर्याल, कृष्ण कार्की, बि बि थापा, शिवभक्त घिमीरे, शशी रुपाखेती, आङलामु शेर्पा, पेमा छबाङ शेर्पा, फुग्याल्जेन शेर्पा, तेन्जी शेर्पा, एकराज पन्त, सन्त बहादुर घले, प्रदिप सापकोटा, पुरुषोत्तम तिमल्सिना, सुवास घिमीरे, सन्तोष तिमल्सिना, पिताम्बर सञ्जेल, अर्जुन धिताल, र विष्णु माया कंडेल रहनु भएको छ ।

 

काठमाण्डौंको ठमेलमा सम्पन्न कार्यक्रममा बोल्दै नवनियुक्त महासचिव बद्रि प्रसाद तिमल्सिनाले पर्यटन क्षेत्रको विकास भएमात्र समग्र देशको विकास हुनेमा जोड दिनुभयो ।
नवगठित पदाधिकारीहरु सबै सचिवालय सदस्य रहने बताइएको छ । त्यस्तै मनोनित आठ जना उपाध्यक्षहरु मध्य सात जना सात प्रदेश र एकजना उपत्यका विशेष हेर्ने गरि गठन गरिएको छ । पर्यटन व्यवसायी संगठन नेपालको विशेष सल्लाहाकार समितीमा मदन आचार्य, योगेन्द्र थापा, शिव लामिछाने, भिम पन्त तथा कृष्णहरि खत्रिलाई चयन गरिएको छ ।

 

वरिष्ठ पर्यटन व्यवसायी अन्जन कुमार थापाको नेतृत्वमा गठित पर्यटन व्यवसायी संगठन नेपालले कोभिड १९ का कारण तहस नहस भएको पर्यटन व्यवसायलाई पुर्नजिवन दिनका लागि सक्दो योगदान दिने बताईएको छ ।
नवनिर्वाचित अध्यक्ष थापाले पर्यटन क्षेत्र तथा पर्यटन व्यवसायीको हकहितका विषयमा काम गर्नका लागि आफु र आफ्नो संगठन सधै अग्रसर रहने बताउनु भएको छ ।

प्रकाशित मिति : २०७८ असोज १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस