कांग्रेस काठमाडौं महानगरपालिकाको नयाँ नेतृत्व चयनका लागि मतदान

नेपाली कांग्रेस काठमाडौं महानगरपालिकाको नयाँ नेतृत्व चयनका लागि मतदान भएको छ । राष्ट्रिय सभागृहमा नेतृत्व चयनका लागि आइतबार मतदान भएको हो ।

 

यसअघि शनिबार सुरु नगर अधिवेशनमा मतदाताको अन्तिम नामावली प्रकाशन गरिएपछि समय अभाव भएको भन्दै मतदान गरिएको थिएन । काठमाडौं महानगरको सभापतिका लागि निलकाजी शाक्य र प्रगतिमान रञ्जितबीच प्रतिस्पर्धा छ ।

 

शाक्य प्रकाशमान सिंह र गगन थापा समूहको साझा उम्मेदवार हुन् । शेरबहादुर देउवा र भिमसेनदास प्रधान समूहबाट रञ्जित उम्मेदवार बनेका छन् । उपसभापति पदका लागि सन्तकुमार महर्जन, सुशीला ढकाल, सुबिरनाथ खनाल र भरत तण्डुकारको उम्मेदवारी परेको छ ।

प्रकाशित मिति : २०७८ असोज १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस