नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा समूहगत छलफलबाट आएको निष्कर्ष प्रस्तुत

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा राजनीतिक, सांगठानिक तथा बिधान संशोधन प्रस्ताव प्रतिवेदनमा १० वटा समूहगत छलफलबाट आएको निष्कर्ष प्रस्तुत गरिएको छ । तुलसीलाल स्मृति प्रतिष्ठानमा शनिबार बसेको बैठकमा बिधान अधिवेशनमा पेश गर्ने तीनवटा प्रतिवेदनमााथि समूहगत रुपमा आएका निष्कर्षहरु प्रस्तुत गरिएको एमाले प्रचार प्रसार बिभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । समूहगत छलफलबाट पार्टीलाई समावेशी चरित्रको बनाउनुपर्ने, निर्वाचनमा ध्यान केन्द्रीत गर्नुपर्ने, पहिलेको भन्दा राम्रो परिणाम ल्याउनुपर्ने लगाएत सुझाव आएको भट्टराईले बताउनुभयो । त्यस्तै प्रदेश र केन्द्र चूनावमा बहुमत ल्याउनेगरि तयारी गर्नपर्नेमा पनि केन्द्रीय सदस्यहरुले जोड दिएको उहाले जानकारी दिनुभयो । आइतबारको बैठकमा तीनवटै प्रतिवेदनमा आएका सुझावमाथि अध्यक्ष केपी ओलीले लगाएतले जवाफ दिने भट्टराईको भनाई छ । एमाले केन्द्रीय कमिटी बैठकमा आइतबार ११ बजे पुन बस्नेछ । एमालेको विधान महाधिवेशन भने आगामी असोज १५ देखि १७ सम्म ललितपुरको गोदावरीमा हुँदैछ ।

प्रकाशित मिति : २०७८ असोज ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस