मगर सस्कृतिमा आधारित तिलक रोका मगर र बिमला रोका मगरको आवाजमा रहेको फाँक गीत एक कार्यक्रमा आयोजना गरी बिमोचन गरिएको छ । फाँक गीत पश्चिम नेपालको पहाडी भेग रोल्पा रुकुमतिर गाउने नाचिने गीत हो । बुढा पाकाको अनुसार फाँक गीत भनेको प्वाख गीत अथवा प्वाख जोर गीत पनि भनिन्छ जसको अर्थ प्वाखमा प्वाख जोडेर नाच्ने गीतलाई बुझिन्छ । यो गीत एक धर्के,दुई धर्के,तिन धर्के र दोहोरी गाएर बिभिन्न लयमा गाईने र नाचिने गरिन्छ । बिशेष गरेर यो नाच भुमे पुजा,दशैं र तिहारमा रमाईलोका साथ गाएर नाच्ने गरेको पाईन्छ । यस फाँक गीतमा तिलक रोका मगर र बिमला रोका मगरको आवाज रहेको छ भने अभिनयमा तिलक रोका मगर र बिमता घर्ती मगरलाई देख्न सकिन्छ । त्यस्तै एरेन्ज दोलराज मगर,मादल खड्क बहादुर मगर,लेखन तिलक रोका मगर,छांयाकनमा बिशाल रोका रहनुभएको छ भने यस गीतलाई अमिर मगरले निर्देशन गरेका छन् र मारुनी डिजिटल स्टुडियोले रेर्कडिङ गरेकको छ । यो गीत पर्यटन महाशाखा भृकुटीमण्डपमा भुमे समाजले एक कार्यक्रम गरी रिलिज गरेको छ उक्त गीत बिमला रोका युटुब च्यानल मार्फत सार्बजनिक गरिएको छ