परिवर्तन गाउँपालिका–१ कुरेली मतदान केन्द्रमा सर्वदलीय/सर्वपक्षीय बैठक सम्पन्न

राेल्पा, फागुन १९ । परिवर्तन गाउँपालिका–१, कुरेलीस्थित मतदान केन्द्रमा आज सर्वदलीय/सर्वपक्षीय बैठक सम्पन्न भएको छ।

बैठकमा मतदान प्रतिनिधि तथा स्वयंसेवक छनोट, सुरक्षा व्यवस्थापन, मतदानका समयमा आइपर्न सक्ने समस्या र तिनको समाधान, मतदान प्रतिनिधि समयमै मतदानस्थलमा उपस्थित हुने व्यवस्था तथा अशक्त, अपाङ्ग र ज्येष्ठ नागरिकका लागि मत संकेत प्रक्रियामा सहजीकरण गर्ने विषयमा विस्तृत छलफल गरिएको थियो।

छलफलमा नेपाली कांग्रेस वडा नं. १ का पार्टी इकाई सभापति धनप्रसाद रोका मगर, नेकपा एमाले निर्वाचन कमिटी संयोजक टेकेन्द्र जङ्ग आर.एम., नेपाली कम्युनिष्ट पार्टी वडा नं. १ का इन्चार्ज पूर्व बुढा मगर, स्थानीय पत्रकार अनिल खत्री, मतदान अधिकृत ‘क’ केन्द्रका शालिकराम बस्नेत, मतदान अधिकृत ‘ख’ केन्द्रका कृष्णबहादुर घर्ती, मतदान अधिकृत ‘ग’ केन्द्रकी कमला पुन बोहोरा, सहायक मतदान अधिकृत ‘क’ केन्द्रका बेदलाल ओली, सहायक मतदान अधिकृत ‘ख’ केन्द्रका लिलाबहादुर ओली तथा सहायक मतदान अधिकृत ‘ग’ केन्द्रका कमलराज पुन सहभागी हुनुहुन्थ्यो।

त्यसैगरी वडा अध्यक्ष मैते बुढा मगर, प्रहरी सहायक निरीक्षक तथा प्रहरी चौकी कुरेलीका इन्चार्ज रामलाल चौधरीसहित अन्य कर्मचारीहरूको उपस्थितिमा बैठक सम्पन्न भएको हो।

प्रकाशित मिति : २०८२ फाल्गुन १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस