राप्ती साहित्य परिषद् दाङद्वारा बाल कविता प्रतियोगिता सम्पन्न

घाेराही, फागुन १४ । राप्ती साहित्य परिषद् दाङको आयोजनामा ‘निमादेवी खनाल स्मृति बाल प्रतिभा पुरस्कार’का लागि शनिबार घोराहीमा बाल कविता प्रतियोगिता सम्पन्न भएको छ।

गोर्खा इन्टरनेसनल पब्लिक सेकेण्डरी स्कुलमा आयोजित उक्त प्रतियोगितामा १० वटा विद्यालयका १४ वर्षमुनिका २८ जना विद्यार्थी सहभागी थिए।

प्रतियोगितामा सिद्धार्थ एकेडेमीकी अंशु पौडेल प्रथम, ज्योति पुञ्ज बोर्डिङ स्कुलकी प्रेशा खनाल द्वितीय, गोर्खा इन्टरनेसनल पब्लिक सेकेण्डरी स्कुलकी प्रिन्सा पोखरेल तृतीय तथा जनज्योति विद्यामन्दिरकी रुबी अधिकारी सान्त्वना भएकी छन्।

कार्यक्रम यम रेग्मीको अध्यक्षतामा तथा राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार एवं पुरस्कार संस्थापक पुरुषोत्तम खनालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

त्यसैगरी, मानसिङ घर्ती विशिष्ट अतिथि रहनुभएको थियो। कार्यक्रममा वरिष्ठ साहित्यकार यज्ञबहादुर डाँगी, देवेन्द्र रिजालविना रोका निर्णायकको रूपमा रहनुभएको थियो।

कार्यक्रम संयोजक सुरेश कुमार पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव घनश्याम केसी तथा अध्ययन मञ्च दाङका अध्यक्ष सूर्य बिसीले गर्नुभएको थियो।

प्रकाशित मिति : २०८२ फाल्गुन १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस