रोल्पाको लुङ्ग्री गाउँपालिकामा रोजगार संवाद मञ्च गठन सम्पन्न

लुङ्ग्री गाउँपालिकामा रोजगार संवाद मञ्चको गठन गरिएको छ ।

लुङ्ग्री गाउँपालिकाका अध्यक्ष तथा स्थानीय निर्देशक समितिका संयोजक भरत कुमार थापाको अध्यक्षतामा बिहिबार बसेको बैठकले १३ सदस्यीय रोजगार संवाद मञ्चको गठन गरेको छ।

एकीकृत श्रम तथा रोजगार सेवा (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८० को दफा २१ बमोजिम स्थानीय तहले रोजगारीको हकको प्रभावकारी कार्यान्वयन, स्थानीय तहमा उपलब्ध हुने रोजगारीको अवसरको पहिचान, समस्याको निदान र रोजगारीको क्षेत्रमा नविनतम उपाय र विधिको पहिचान गर्न रोजगार संवाद मञ्चको सञ्चालन गर्ने व्यवस्था भए बमोजिम गठन गरिएको रोजगार शाखा प्रमुख सुन्दर बहादुर घर्तीले जानकारी दिनुभयो ।

रोजगार संवाद मञ्चको संयोजकमा गाउँपालिका अध्यक्ष भरत कुमार थापाको अध्यक्षतामा गठन गरिएको छ । अन्य सदस्यहरुमा उपाध्यक्ष दिल कुमारी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत जीत बहादुर परियार, आर्थिक विकास समिति संयोजक अमृत बहादुर घर्ती, सामाजिक विकास समितिको संयोजक विरवल खड्का, लघुउद्यम विकास सहजकर्ता धनमला गुरुङ, गै.स.सं मा कार्यरत गिर बहादुर खड्का, गाउँपालिकामा आवद्ध निर्माण व्यवसायी दल बहादुर बानियाँ, उद्योग वाणिज्य संघको प्रतिनिधि परिविर खड्का, सहकारी संस्थाको प्रतिनिधि याम बहादुर खड्का, स्थानीय पत्रकार खुम बहादुर सुनार, आमन्त्रित सदस्य तथा विषय विज्ञ १ जना र सदस्य सचिव रोजगार संयोजक सुन्दर बहादुर घर्ती गरी १३ सदस्यीय रहेका छन।

प्रकाशित मिति : २०८१ असार २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस