गर्न त मैले साच्चै प्यार गरेको थुन्छौ थुन अभियोग लगाएर

धादिङ,

गजल

मेरै छानोमा नै आगो सल्काएर
के गर्या हो बहादुरी देखाएर

गर्न त मैले साच्चै प्यार गरेको
थुन्छौ थुन अभियोग लगाएर

महान पुरुष बनूला भन्दै थिएँ
टुट्यो सोच बिचमा तिमी आएर

आज चै मस्त निदाउने सोच्या थे
के सपना देख्ने हुँ मस्त निदाएर

मैले यति कुरा बुझे बल्ल बल्ल
यहाँ केही हुन्न रोएर कराएर

जवाफ आउन छाडेको धेरै भो
के गर्नु म मात्र पत्र पठाएर

उनी भोकै होलिन के परदेशमा
सन्तोष हुन्न आफु मात्र अघाएर

प्रकाशित मिति : २०७९ भाद्र १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस