मञ्जिता केसि र टीका जैसिको अभिनयमा “किन्देउ माया किन्देउ” सार्वजनिक

काठमाडौं 

महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा तीज विशेष गीतहरु बजारमा आउने क्रम जारी छन् । सोही क्रममा तीज बिशेष नयाँ गीत “किन्देउ माया किन्देउ” सार्वजनिक भएको छ ।

यस गीतमा प्रदिप त्रिपाठी, लक्ष्मी कुमारी कार्की (बताला) को स्वर रहेको छ भने अस्मिता डल्लाकोटीको शब्द, प्रदिप त्रिपाठीको संगीत रहेको छ ।

करण साउदको निर्देशन रहेको गीतमा सुरेश कोलिको कोरियोग्राफी, रमित बोहराको छायांकन, बिनोद बमको सम्पादन रहेको छ ।

उक्त गीतको भिडियोमा चर्चित मोडलद्वय मञ्जिता केसि र टीका जैसिको अभिनय रहेको छ भने भुवन भट्टराई र सुरेश कोलिले अभिनयमा साथ दिएका छन् । सो गीतलाई प्रदिप त्रिपाठी अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

सोही गीतको भिडियो हेर्न तलको लिन्क क्लिक गर्नुहोला ।

प्रकाशित मिति : २०७९ साउन ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस