
काठमाडौं,रोल्पा जिल्लाको परिवर्तन गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७९र८० का लागि बजेट प्रस्तुत गरेको छ । बजेट परिवर्तन गाउँपालिका २ का वडाध्यक्ष तथा परिवर्तन गाउँपालिका प्रवक्ता हरिप्रसाद बुढामगरले सार्वजनिक गरेका हुन् ।
बुढामगरले आगामी वर्ष २०७८र७९ मा परिवर्तन गाउँपालिकाको कूल बजेट ४४ करोड ७० लाख ७८ हजार रुपैयाँ बराबर विनियोजन गरेका छन् । कुल बजेट ४४ करोड ७० लाख ७८ हजार मध्ये चालु तर्फ २९ करोड ७४ लाख ४१ हजार २ सय अर्थात ६६।५३ प्रतिशत र पुँजीगत तर्फ १४ करोड ९६ लाख ३६ हजार ८ सय अर्थात ३३।४७ प्रतिशत बजेट विनियोजन भएको छ ।
आगामी आर्थिक वर्ष २०७९र८० का लागि संघीय सरकारबाट प्राप्त हुने समाणीकरण अनुदान ९ करोड ६६ लाख, शशर्त अनुदान चालू तर्फ १८ करोड १ लाख, शशर्त अनुदान पुँजीगत तर्फ १ करोड ५८ लाख, विषेश अनुदान २ करोड १२ लाख र राजश्व बाँडफाँड बापतको ९ करोड ८ लाख ५३ हजार गरि कुल ४० करोड ४५ लाख ५३ हजार बजेट प्राप्त भएको छ।
यस्तै प्रदेश सरकारबाट समाणीकरण अनुदान ५१ लाख ५ हजार, राजश्व बाँडफाँड बापत ४९ लाख २० हजार, समपूरक अनुदान १ करोड ५० लाख, विषेश अनुदान ६० लाख, शशर्त अनुदान चालु तर्फ ८० लाख गरि कुल ३ करोड ९० लाख २५ हजार बजेट प्राप्त भएको छ । आर्थिक वर्ष २०७९र८० मा गाउँपालिकाको आन्तरिक आम्दानी ३५ लाख हुने प्रक्षेपण गरिएको छ ।
संघीय सरकारबाट प्राप्त बजेट, प्रदेश सरकारबाट प्राप्त बजेट र गाउँपालिकाको आन्तरिक आम्दानी गरि आर्थिक वर्ष २०७९र८० मा कुल जम्मा बजेट रु ४४ करोड ७० लाख ७८ हजार मात्र अनुमान गरिएको छ । बजेटबाट खर्च हुन नसकेको रकम माथि उल्लेखित बजेट आकारमा समाबेश गरिएको छैन ।
आर्थिक वर्षको अन्त्यमा बचत हुन जाने नगद मौज्दात समेत यसै बजेटको अंश हुने जनाइएको छ । संविधानतस् ७५३ वटा स्थानीय तहहरुले नै असार १० गतेभित्र आगामी आर्थिक वर्षको अनुमानित आय व्ययसहितको वित्तीय खाका ९ बजेट ल्याउनुपर्ने प्रावधान रहेको छ ।
विनियोजन कार्यक्रमको प्रमुख अध्यक्षता परिवर्तन गाउँपालिका अध्यक्ष सुक बहादुर बहादुर बुढामगरले गरेका थिए । कार्यक्रममा ६ वटै वडाका वडाध्यक्ष, गाउँकार्य पालिकाका सदस्य, वडा सदस्य, महिला सदस्य, गाउँपालिकामा विभिन्न शाखामा कार्यरत कर्मचारी र ६ वटै वडाका सचीवहरुको सहभागिता रहेको थियो ।
बजेट सार्वजनिक कार्यक्रमको सञ्चालन परिवर्तन गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज न्यौपानेले गरेका थिए ।