प्रणय दिवसमा प्रियसि लाई चिठि परदेश बाट – घनश्याम गिरी

प्रियसि लाई चिठि परदेश बाट

प्रिय,
मुटु भरिको माया अनि अनुपम सम्झना का सौगातहरु तिमिलाई,

प्रिय जिबन अनमोल छ र अनिस्चित पनि छ को मर्ने को बाच्ने के थाहा प्रिय, रिसानि माफ होस प्रिय, जिबन त एक सङ्घर्ष हो, म पनि बहुत सङ्घर्ष गर्दैछु, लड्दैछु ज्यानको बाजि लगायर, युद्ध जस्तै जित आफ्नै पोल्टामा पार्न, युद्धमा योद्दाको एउटै उदेश्य त हुन्छ नि ‘जीत’ हैन र प्रिय,

तिमि त बुझ्छौ मलाइ थाहा छ, तिमि कत्तिपनि नरिसाउनु प्रिय, तिमि नरुनु पनि, तिमि कत्ति पनि सानो मन नगर्नु, म छु नि तिमि सङ्ग म छु नि तिम्रो लागि, प्रिय म बाचुन्जेल यो जुनि भरिलाई म तिमि बाहेक र तिमि भन्दा पर कोही छैन प्रिय,

हो मान्छेको जिबनमा अनेकन बाध्यता आउछन, अनेकन परिस्थिति आउछन, स्वभाबै हो, त्यस्ले हावा हुरि ल्याउछ, तर नड्गमगाउनु प्रिय, प्रिय म तिमि सङै छु, मेरो पनि त मनै हो चस्किन्छ पनि कहिलेकाहि झस्किन्छ पनि, तर मलाई थाहा छ,

तिमिभन्दा पर कोहि छैन केहि छैन, प्रिय मलाई माफ गरिदिनु, किनकि मैले तिमिलाई यो उत्सवमा, यो दिवसमा, न रातो गुलाव पठाय न कुनै चक्लेट न प्रपोज न चुम्बन, प्रिय यि सबै नाटक हुन, प्रेम गर्ने हरुले माया गर्नेहरुले यि नाटक गर्नु पर्दैन र कहिल्यै गर्दैनन् पनि ,यि बाहाना गर्नै पर्दैन किनकि प्रिय तिमि त मेरो सम्मान हौ इज्जत हौ मेरो जिन्दगी हौ, अनि म कहा तिमिलाई त्यो गुलाव सङ्ग चक्लेट सङ्ग अनि चुम्बन सङ्ग तुलना गर्न सक्छु प्रिय, प्रिय हाम्रो जिबनमा सधै उत्सव आओस,त्यो अनुहारमा सधै मुस्कान देखियोस, अनि सधै खुशि हुनु प्रिय, प्रिय तिमिलाई तिमिलाई प्रणय दिवसको अनेकन हार्दिक सुभकामना। आई लभ यु…

लेखक : घनश्याम गिरी [Laabh Shree]

प्रकाशित मिति : २०७८ फाल्गुन १ गते आइतवार
प्रतिक्रिया दिनुहोस