काठमाडौं,
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, उपत्यका समन्वय समिति काठमाडौंले बिश्वकर्मा बाबाको पुजाको अवसर पारेर “संगीत प्रशिक्षण कक्षा” शुभारम्भ गरेको छ। “संगीत प्रशिक्षण कक्षा शुभारम्भ कार्यक्रम” मा उपत्यका समन्वय समितीका अध्यक्ष प्रसाद लामिछानेको अध्यक्ष रहेको थियो भने बरिष्ठ लोक गायक एबं चलचित्र निर्देशक नारायण रायमाझीको प्रमुख आतिथ्यता रहेको थियो। संगीत प्रशिक्षण कक्षा शुभारम्भ कार्यक्रममा प्रतिष्ठानका केन्द्रिय पुर्व दुर्गा रायमाझी, प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगर, लोक स्वर सम्राट राजु परियार, प्रतिष्ठानका केन्द्रिय उपाध्यक्ष दिपक खड्का, प्रतिष्ठानका केन्द्रिय महासचिब शिब हमाल, प्रतिष्ठानका केन्द्रिय सहसचिब ईश्वरी प्रसाद भुसाल, प्रतिष्ठानका केन्द्रिय सदस्य सुजन लम्साल, प्रष्ठिानका केन्द्रिय सदस्य कुमार राना मगर, प्रस्तोता समाजका अध्यक्ष नरहरी प्रेमी, समाजसेबी लक्ष्मण मल्ल लगायतका ब्यक्तिहरुको बिशेष आतिथ्यता रहेको थियो।
साथै कार्यक्रममा उपत्यका समन्वय समिती अन्तर्गत १० वटा समितिका अध्यक्ष तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो। संगीत प्रशिक्षण कक्षा शुभारम्भ कार्यक्रममा उपत्यका समन्वय समितिका अध्यक्ष प्रसाद लामिछानेले स्वागत मन्तब्य राखेका थिए भने उपत्यका समन्वय समितिका सचिब दिनेश क्षेत्रीले कार्यक्रम सञ्चालन गरेका थिए। संगीत प्रशिक्षण कक्षालाई बरिष्ठ लोक गायक तथा चलचित्र निर्देशक नारायण रायमाझीले बाध्यबादनका सामग्रीहरुलाई पुजा गरी हारमोनियम बजाउदै नारायण रायमाझी र लोक स्वर सम्राट राजु परियारले गीत गाउदै शुभारम्भ गरेका थिए।
संगीत प्रशिक्षण कक्षाका लागी समाजसेबी एबं संगीतप्रेमी लक्ष्मण मल्लले बाध्यबादनका सामग्रीहरु सौजन्य गर्नुका साथै अझै केही थप सामग्रीहरु आवश्यक परेमा थप सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। उपत्यका समन्वय समितीका अध्यक्ष प्रसाद लामिछानेले संगीत प्रशिक्षण कक्षा ६ महिनाको लागी आधारभुत प्रशिक्षण कक्षा रहेको र यस कक्षामा गायन तर्फ नरहरी प्रेमी, बाध्यबादन तर्फ ईश्वरी भुसाल लगायत अन्य प्रशिक्षकहरुले प्रशिक्षण दिने कुरा जानकारी गराएका छन्। कलाकारहरुलाई संगीतको ज्ञान हुनुपर्ने कुरालाई मध्यनजर गर्दै संगीत सिक्न ईच्छुक ब्यक्तिहरुको चाहनालाई पनि मध्य नजर गर्दे संगीत प्रशिक्षण कक्षा शुभारम्भ गरेको कुरा अध्यक्ष लामिछानेले बताए।
त्यसैगरी बिशेष अतिथीका रुपमा रहेको लोक स्वर सम्राट राजु परियारले उपत्यका समन्वय समितिले संगीत प्रशिक्षण कक्षा शुभारम्भ गरेकोमा खुसी ब्यक्त गर्दै कलाकारले संगीत सिक्न, संगीतको ज्ञान लिन जरुरी रहेको छ र बालक, बृद्ध जे सुकै होस् कलाकार भएपछि संगीतको ज्ञान लिनुपर्छ। आजकल सांगीतिक क्षेत्र अर्के तरिकाले चलेको छ। संगीतमा सुरको ज्ञान पनि हुनुपर्छ। प्रत्यक्ष तथा अफिसियल गीतहरु पनि आईरहेको छन्। धेरै ठाँउमा सुरतालको अभाबहरु खड्केको महसुस गरेको छु। यस कक्षाबाट धेरै कलाकारहरु उत्पादन हुन्, मैले पनि आफ्नो तर्फबाट सक्दो सहयोग गर्छु भन्दै मन्तब्य राखेका थिए।
संगीत प्रशिक्षण कक्षा शुभारम्भ कार्यक्रमका प्रमुख अतिथी बरिष्ठ लोक गायक एबं चलचित्र निर्देशक नारायण रायमाझीले कलाकारहरुलाई सुर तालको ज्ञान हुनुपर्छ। सिक्ने भन्ने कुरा सिकेर कहिल्यै पनि सकिन्न। लोक कलाकारहरुले आधारभुत मात्र भएनी जान्न जरुरी छ। सामान्य ज्ञान औपचारिक ज्ञान हुन जरुरी छ। हामी त बाउ बाजेबाट सिक्दै आएको हो। पहिला अहिलेका जस्ता प्रशिक्षण कक्षा लिन कहाँ जाने भन्ने हुन्थ्यो। अहिले त चाहेपछि जहाँ पनि सिक्न पाईन्छ। लोक कलाकारहरुले औपचारिक ज्ञान नभएपछि हेपिनु पर्ने अवस्था हुन्छ। ज्ञान भएपछि यी त लोकेहरु हुन् भनेर हेपिन पर्दैन। कलाकारहरुले सिकेर आउदा राम्रो हुन्छ। सिकेर आएपछि अवसर पनि प्राप्त हुन्छन् भन्दै सन्देश पनि दिएका थिए।


