
रोल्पा, फागुन २३ । रोल्पामा प्रतिनिधिसभा सदस्यतर्फको मतगणनामा वर्षमान पुनले मतगणना चरण देखि स्पष्ट अग्रता कायम गरेका छन्। शनिबार बिहान ६:४५ बजेसम्मको मतगणनाअनुसार उनी अन्य प्रतिस्पर्धीभन्दा धेरै मतले अघि देखिएका छन्।
थबाङ, रुन्टीगढी, गंगादेव, परिवर्तन गाउँपालिका तथा लुंग्री गाउँपालिकाका वडा नं. १, २, ३ र ५ को मतगणना सकिँदासम्म जम्मा २८ हजार ६१६ मत गणना भएको छ। त्यसमध्ये २७ हजार ३६१ मत सदर र १ हजार २५५ मत बदर भएका छन्।
हालसम्मको परिणामअनुसार वर्षमान पुन (तारा) ले ९,८३५ मत प्राप्त गर्दै पहिलो स्थानमा छन्। दोस्रो स्थानमा सुदनकुमार वली (रुख) ले ६,३८७ मत पाएका छन्।
त्यसैगरी बालराम थापा (घण्टी) ले ४,२४५ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् भने गोकुलप्रसाद घर्ती (सूर्य) ले ३,८९९ मत ल्याएका छन्।
अन्य उम्मेदवारमध्ये चुडामणि वली (गुलाफ) ले २,३९१, अम्मरबहादुर थापा (हलो) ले २९३, मेघनाथ विष्ट (गिलास) ले १३०, कुमार घर्तीमगर (भाले) ले ७९, मनबहादुर घर्ती (माहुरी) ले ५९ र दिलबहादुर कामी (मोबाइल) ले ३३ मत प्राप्त गरेका छन्।
हालसम्मको मतपरिणामअनुसार वर्षमान पुन करिब ३ हजार ४ सयभन्दा बढी मतको अन्तरले अग्रस्थानमा रहेका छन्। मतगणना यही प्रवृत्तिमा अघि बढेमा उनको जितको सम्भावना बलियो देखिएको छ।
थबाङ, रुन्टीगढी, गंगादेव, परिवर्तन गाउँपालिका तथा लुंग्री गाउँपालिकाका वडा नं. १, २, ३ र ५ को मतगणना सकिँदा अन्य ठाउकाे मतगणना भने अझै जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ।

