दाङ, माघ २६ । संगीतकर्मी सागर रोकायाको प्रस्तुतिमा नयाँ नेपाली निर्वाचन गीत “म त रास्वपाको घण्टी लभर” बोलको गित सार्वजनिक भएको छ । वि.सं २०८२ को प्रतिनिधी सभा निर्वाचनलाई लक्षित गरी तयार गरिएको उक्त गीतले समसामयिक राजनीतिक सन्देश बोकेको देखिन्छ ।
अडियो तथा भिडियो सागर रोकाया युट्युब च्यानलमार्फत सोमबार सार्वजनिक भएको छ । तिलक ओली र सरिता सुनारको सुमधुर स्वर रहेको गित निर्वाचनको लागि बिभिन्न सभा सम्मेलन, प्रचार प्रसार लागएतमा ब्यापकता छाउने देखिएको छ । उक्त गीत तथा संगीत स्वयं सागर रोकायाकै रहेको छ भने एरेञ्जको जिम्मेवारी पूर्ण सम्योगले गर्नु भएको छ ।
त्यसैगरी समूह भोकलमा सागर बाजुराली, राजेन्द्र बाजुराली, ज्ञानु परियार र रुपी सिञ्जली मगरको सहभागिता रहेको छ । गीतको रेकर्डिङ डम्बर विश्वकर्माले गरेका हुन् भने मिक्सिङको काम खडक बाजुरालीले सम्पन्न गरेका छन् । गीत मालाश्री स्टुडियोमा रेकर्ड गरिएको हो ।
भिडियोतर्फ, निर्देशन तिलक ठकुरीले गरेका छन्। भिडियोमा कलाकारका रूपमा स्वस्तिका लामिछाने, उर्मिला पुलामी मगर र गोविन्द पहाडीको अभिनय देख्न सकिन्छ। छायांकन वीरेन्द्र परियारले गरेका हुन् भने सम्पादन संयोजन राजकुमार मगरले गरेका छन्।
पुरा भिडियो



