पुष १७ दाङको घोराहीबाट रोल्पाको राङकोट भालुकोटसम्म गाडी सञ्चालनमा आएको छ। जलजला हिमाल यातायात प्रणाली द्वारा सञ्चालितमा आएको हो ।
२०८२ पुष १६ गतेदेखि गाडी सञ्चालनमा आएका हुन् । अबदेखि नियमित रूपले दुईवटा गाडी जिप रोल्पाको होलेरी नुवागाउँ तिला दारबोट मिनाही घर्तीगाउँ दुईखोली बागमारा राङकोटको वडा कार्यालय गोरीचौर हुँदै खेसाबाङ भालुकोटसम्म गाडी सञ्चालनमा आउने जलजला हिमाल यातायात प्रणालीले जानकारी दिएको छ ।
०२-००१ज००५२ र सु प प्र ०१००१ ज १४६२ नम्बरका दुईवटा गाडी नियमित रूपले सञ्चालनमा आउने र हिजो पहिलोपटक जीव सञ्चालनमा आइसकेपछि वडा अध्यक्ष दिलबहादुर ओली र छडके देउराली युवा क्लबका अध्यक्ष गोपाल बहादुर केसी त्यस्तै गरी सम्पूर्ण स्थानीय टोल विकास संस्था आमा समूह शिक्षक बुद्धिजीवी कार्यपालिका सदस्य कर्मचारी लगायत सम्पूर्णले भव्य रूपले चालक र गाडी दुवैलाई स्वागत समेत गरेको छन् ।
गाडी नियमित रूपले सञ्चालनमा आउने घोराहीदेखि रोल्पा भालेकोटसम्मको भाडादर भने यो १२००का हिसाबले ल्याउने समेत बताएका छन्।।


