परिवर्तन गाउँपालिका र जेनजी समूह परिवर्तन गाउँपालिकाबीच १६ बुँदे ज्ञापनपत्रमा सहमति भएको छ। जेनजी समूह परिवर्तन गाउँपालिकाले ९ मंसिर २०८२ मा गाउँपालिका भित्र रहेका विभिन्न समस्यालाई लिएर १६ बुँदे ज्ञापनपत्र बुझाएकोमा बुधबार दुबै पक्षले छलफल गरी सहमति भएको हो ।
छलफल परिवर्तन गाउँपालिका पुतलाचौरमा करिब १२ बजेदेखि सुरु भएको थियो । लामो छलफलपछि राती ८ बजे दुबै पक्ष सहमतिको बिन्दुमा पुगेका हुन ।
यस्ता छन जेन्जी समूह र गाउँपालिकविच भएका १६ बुदे सहमतिहरु
१- गाउँपालिकाको आफ्नो स्वामित्वमा रहेको सम्पुर्ण सरकारी जग्गा गाउँपालिकाको नाममा ०८२ माघ मसान्त सम्म रजिष्ट्रेशन पास गर्न पहल गर्ने।
२- गाउँपालिकाको नाममा २७ वटा सवारी साधन रहेको सो मध्य विग्रेका सवारी साधन सम्भव भए सम्म मर्मत गरि चलाउने तथा मर्मत हुन नसक्ने सवारी साधन भए लिलाम विक्रि गरि गाउँपालिकामा नयाँ एम्वुलेन्स खरिद गरि संचालन गर्ने साथै वडा नं ६ मा रहेको रा १ ब ७३८ नंवरको मोटरसाइकल कहाँ के कस्तो अवस्थामा छ सोवारे स्पष्टिकरण लिने तथा पालिकाका सवारी साधान हरुको दुरुपयोग भएको देखियमा आवश्यक कार्वाहि गर्ने
३- सामुदायिक विद्यालयमा लिइने चारित्रिक प्रमाणपत्रको शुल्क क्रमशः तपशिल बमोजिम निर्धारण गरी विद्यालयलाइ पत्राचार गर्ने र कक्षा १ देखि ५ सम्म ५००, कक्षा ६ देखि ८ सम्म १०००, कक्षा ९ र १० सम्म १५०० र कक्षा ११ र १२ सम्म २००० शुल्क दर कायम गर्ने।
४- गाउँपालिकावाट सञ्चालित भौतिक पुर्वाधार सम्वन्धि दश लाख भन्दा माथिको रकममा सञ्चालित योजनाहरु अनिवार्य रुपमा टेन्डर प्रक्रिया वाट सञ्चालन गर्ने
५- गाउँपालिकाको परिवर्तन गाउँपालिका खेलकुद सञ्चालन सम्वन्धि कार्यविधि २०७५ लाइ जेन्जी युवाहरु तथा परिवर्तन गाउँपालिका अध्यक्षको परामर्श बमोजिम आवश्यक संशोधन गर्न गाउँकार्यपालिकामा पेश गर्ने।
६- सामुदायिक विद्यालयमा कार्यरत बाल विकास सहजकर्ता लेखापाल र विद्यालय सहयोगिहरुको पारिश्रमिक समयानुकुल परिवर्तन गर्न आगामि बर्षे गाउँसभामा छलफल गर्ने ।
७- सामुदायिक विद्यालयका प्रधानअध्यापकको नियुक्ति सम्वन्धमा शिक्षा तथा मानव श्रोत विकास केन्द्रको पत्रानुसार मंसिर मसान्त सम्म सम्पुर्ण सामुदायिक विद्यालयमा पत्राचार गर्ने साथै पालिकाले पौष मसान्तसम्म छनौट सम्वन्धमा समन्वय गर्ने।
८- गाउँपालिकामा रिक्त रहेका कर्मचारीहरु लोकसेवा आयोगमा माग आकृति फारम भरि पठाउने र सोको पदपुर्तिका लागी निरन्तर समन्वय गर्ने।
९- युवा स्वरोजगार कार्यक्रम अन्तरगत वितरण गरिएको सापटी रकम कहाँ के कस्तो अवस्थामा प्रयोग भैरहेको छ सोको छानविन गर्न गाउँपालिका उपाध्यक्ष श्री कलादेवी खत्रीनीको संयोजकत्वमा जेन्जि समुह लगाएत सर्वपक्षिय छानविन समिति गठन गर्ने र आवश्यक अनुगमन गर्ने।
१०- नगर प्रहरीको आवश्यकता र सान्दर्भिकताको सम्वन्धमा पालिकाले आम नागरिक समक्ष स्पष्ट पार्ने र नगर प्रहरीलाइ राजश्व असुली न्यायिक निरुपन तथा पालिका कोल्ड स्टोर अस्पताल लगाएतका भौतिक संरचनाको रेखदेख लगाएतका कार्यमा खटाउने।
११- कृषि उपजहरुको लागी पौष मसान्त सम्म समर्थन मुल्य निर्धारण गर्ने तथा निर्माणाधिन कोल्ड स्टोर निर्माणमा ताकेता गरि उत्पादित कृषि उपजहरुलाइ बजारीकरणका लागी बहुउद्देशिय सहकारी गठन गर्न गाउँपालिकाले उचित वातावरण तयार तथा पहल गर्ने।
१२- गाउँपालिकामा सञ्चालित क्रसर लाइ प्राविधिक मापदण्डमा ल्याइ राजश्वको दायरामा ल्याउन १० दिने समयावधि तोकि पत्राचार गर्ने यदि नआयको खण्डमा प्रचलित कानुन बमोजिम कारवाहिको लागी सिफारिस गर्ने।
१३- बजार अनुगमन सम्वन्धमा छलफल गर्दा गाउँपालिकामा रहेका बजार लाइ त्रैमासिक रुपमा अनुगमन गर्ने र समयसमयमा छड्के तथा आकष्मिक अनुगमन गर्ने।
१४- मावि कोलवोट नाफेमा आर्थिक अनियमिताको विषयमा के कस्तो भएको हो सोको जानकारी तथा प्रतिवेदनका लागी सामाजिक विकास समितिका संयोजक श्री हरि प्रसाद बुढाको संयोजकत्वमा सर्वपक्षिय छानविन समिति गठन गरी पुष मसान्त सम्म प्रतिवेदन लिने र दोषि देखियमा कानुन बमोजिम कार्वाहिको दायरामा ल्याउने।
१५- शिक्षक नियुक्तिको विषयलाइ पारदर्शि र निश्पक्ष बनाउन तपशिल बमोजिमका सदस्य रहेको विज्ञ समिति गठन गरी सोको सुझाव तथा प्रतिवेदन ग्रहण गरि अघाडी बढ्ने गरि छानबिन समिति गठन भएको छ । जसको संयोजक भिम प्रकास पुन मावि राङ्सी, सुर्य प्रकाश डाँगी मावि बागमारा, गोपाल के सी नमुना मावि राड्कोट, पुर्ण वली मावि उपावाङ, इन्द्र पुन मावि राड्खुङ र नवराज डाँगी मावि माइस्थान सदस्य रहेका छन् ।
१६- गाउँपालिका र पालिका अन्तरगतका शिक्षा स्वास्थ्य प्राविधिक तथा प्रशासन लगाएतका कर्मचारीले आचारसंहिता पालन गर्दै निरन्तर कार्यालयमा उपस्थित भइ सेवा प्रवाह गर्ने साथै सेवा ग्राहि जनप्रतिनिधि तथा कर्मचारी विच सौहार्दपूर्ण वातावरणमा कार्य सञ्चालन गर्ने ।
छलफलमा परिवर्तन गाउँपालिकाको तर्फबाट परिवर्तन गाउँपालिका अध्यक्ष सुक बहादु बुढा मगर,उपाध्यक्ष कलादेवी खत्रेनी,प्रमुख प्रशासकीय अधिकृत निम बहादुर केसी र लेखा प्रमुख हरिष चन्द्र डाँगीको सहभागी रहेको थियोे ।
जेन्जि समुह परिवर्तन गाउँपालिकाको तर्फबाट जेन्जि समुह संरक्षक खुमन के सी, परिवर्तन गाउँपालिका जेनजी संयोजक चुडामनि के सी, जेनजी प्रतिनिधिहरु खुम रिजाल, पृथि के सी, युवराज रिजाल, निरज बुढा, कमल परियार, पुर्ण बहादुर रिजाल, धपेन्द्र डॉगी, मिलन डाँगी, किरण घर्ति, बिश्व परियार, खिम प्रसाद बुढा र दिवश गिरी लगायतको सहभागीता रहेको थियोे ।
त्यस्तै पत्रकारबाट नेपाल पत्रकार महासंघ रोल्पाका सदस्य सुर्य प्रकाश बुढा मगरको समेत उपस्थित रहेको थियोे । गाउँपालिकाका जनप्रतिनिधि र जेनजी समूह दुबै पक्षले गाउँपालिकाको समृद्धि, सुशासन र विकासका लागि समन्वय, सहकार्य अपरिहार्य रहेको बताएका छन्।


