जलजला टेलिभिजनको पालिका स्तरिय अन्तरक्रिया कार्यक्रम घोराहीमा सम्पन्न

जलजला टेलिभिजनको पालिका स्तरिय अन्तरक्रिया कार्यक्रम घोराहीमा सम्पन्न भएको छ परिबर्तन गाउपालिका बाट आफ्नो कर्म गर्न दाङ्ग झरेका सम्पूर्ण महानुभाबहरुलाई कार्यक्रममा निमत्रना गरिएको थियो ।

परिबर्तन गाउपलिका रोल्पा मात्रै हैन सम्पूर्ण जिल्लाका पालिकाहरु कस्तो हुनु पर्छ र कस्तो बनाउनु पर्छ साथै कस्ता ब्याक्तीलाइ भोट दिनु पर्छ भन्ने बिषयमा केन्द्रित रहेर यो कार्यक्रम गरिएको थियो जसमा सबै जनाले आफ्नो धारणा प्रस्तुत गरेका थिय ।

पछिल्लो समयमा चुनाबको चर्चा चलिरहदा यस्ता खालका अन्तरक्रिया कार्यकमहरु चल्दै आएका छन् जेन्जी आन्दोलन पछी केहि सुधार गर्नु पर्छ भनेर सबै युबा युवती लागी परेको देखिन्छ ।

राजनीतक आस्था बाट टाढा रहेर गाउपालिका बिकाशका लागी कस्ता पूर्वाधार हरु चाहिन्छ कसरि तेहाका जनता लाइ सेवा गर्न सकिन्छ भने बिषय लाइ आधार बनाएर छलफल गरिएको थियो ।

कार्यक्रममा बोल्दै घोराही उपमहानगर १४ का नि बर्तमान वडा अधक्ष्य शक्तिराम डागीले नियम अनुसार काम गर्ने र गर्न चाहेमा सबै कुरा सम्भब रहेको बताएका छन् ।

कार्यक्रममा मनोज केसी ,शक्तिराम डागी,बेगम बहादुर खड्का,राम कुमार दाहाल ,सुरेन्द्र ओली ,नबिन केसी ,बिनोद डागी ,युगल बुढा मगर ,अर्जुन बुढा मगर ,रमेश खड्का ,खुम रिजाल ,घनश्याम गिरी ,दिबस बुढा मगर ,बिसाल डागी ,दिपक केसी , पत्रकार भरत ओली ,प्रविन खड्का ,बिकाश खड्का ,रोजन रोका लगायत थुप्रै जनाको उपस्थिति रहेको थियो ।

यस्ता कार्यक्रम हरु अब गाउ समाजका ठाउ हरुमा गरिनु पर्ने धेरैले सुझाब दिनु भएको थियो भने कार्यक्रमको सहजीकरण पत्रकार बिरेन्द्र ओलीले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०८२ मङ्सिर २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस