परिबर्तन गाउपालिका बिबादमा तानियको छ, युवाहरु र सरकार बाहिर रहेका राजनीतिक दल संग छलफल नगरी खेलकुद बिकास समिति गठन गरेको भन्दै बिरोध भएपछी गाउपलिका बिबादमा तानिएको हो । गाउपालिका सरकारले मनोमानी खेलकुद समिति गठन हुदा आफु हरुलाई जानकारी नभएको युवाहरुले जनाएका छन् ।
जेनजी आन्दोलन पछी विभिन्न ठाउमा यस्ता खालका आराजक क्रियाकलाप रोक्न आग्रह समेत जेनजी युवाहरुले माग गर्दै आएका छन् भने ठाउ ठाउमा जेनजी समूह पनि गठन भैरहेका छन् भने परिबर्तन गाउपलिकमा पनि जेनजी समूह गठन गर्ने संकेत सम्म युबा हरुले गरेका छन् ।
राजीनिक आस्था जहा भएपनि यस्ता किसिमका समिति गठन गर्दा सक्षम ब्याक्ति लाइ चयन गर्नु पर्ने छलफल गर्नु पर्ने भन्ने जस्ता माग राख्दै परिबर्तन गाउपालिका बाट आफ्नो आफ्नो कर्म गर्न घोराही झरेका युवाहरुले यो समिति गठन मान्य नभएको भन्दै सबै जना एकजुट भएर बिरोध गर्ने जनाएका छन् ।
युवाहरुको मर्म र भावना विपरीत खेलकुद विकास समिती गठन गरिएको भन्दै खारेजी गर्न परिवर्तनका युवाहरुले परिवर्तन गाउँपालिकालाई माग पत्र बुझाउने र गाउँपालिकाले माग सम्बोधन गर्दै उक्त निर्णय लाई खारेज गरेर आम युवा खेलाडी हरुको माग बमोजिम खेलकुद विकास समिति गठन नगरे कडा संघर्षमा जाने निर्णय गरेका छन ।
सोमबार दाङको घोराहीमा परिवर्तन गाउँपालिकाबात दाङ झरेका युवाहरुको सामुहिक भेला बाट गाउँपालिकाले कार्यविधिको नाममा गरेको यस्तो निर्णयले सम्पुर्ण राष्ट्रिय स्तरमा योगदान गरेका खेलाडी,समर्थक शुभचिन्तक ,खेलकुद प्रेमी, आम परिवर्तन बासी सबैलाई निराश बनाएको र यस्तो निर्णयले गाउँपालिकाको खेलकुदमा विकास हुन नसक्ने र उल्टो खेलकुद क्षेत्रमा योगदान दिने हरु निरास भएको बताएको छन।
परिवर्तन गाउँपालिका छ वटै वडाका युवाहरु सहभागी भएको बसाईले तत्काल उक्त निर्णय खारेज गर्न र सबै पक्ष संग छलफल गरेर खेलकुद क्षेत्रमा उच्च तहबाट योगदान गरेका व्यक्तिहरुलाई नियुक्त गर्न माग पत्र बुझाउने र माग सम्बोधन नभए कडा संघर्ष गर्ने चेतावनी समेत दिएका छन ।
जसमा मनोज पौडेल , बिरेन्द्र ओली , सुरेन्द्र ओली , अनिल खत्री , बिकाश खड्का , अर्जुब देब ,दिपक केसी ,हिमाल ओली ,नबिन केसी , खुम रिजाल ,लाल बहादुर घर्ति , खुमन पौडेल लगायत धेरै संख्यामा परिबर्तन गाउपलिकाका युवाहरुको उपस्थिति रहेको थियो।


