सरस्वती आधारभूत विद्यालय माडी १ भिताबाङ राेल्पाले गर्यो वृक्षारोपण कार्यक्रम सम्पन्न

सरस्वती आधारभूत विद्यालय माडी १ भिताबाङ राेल्पाले विद्यालय परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेकाे छ । विद्यालय व्यवस्थापन समितिकाे आयाेजनामा सव डिभिजन वन कार्यालय घर्तिगाउ राेल्पाले प्रदान गरेकाे टिमुर, रिठा,धुपी लगाएत विभिन्न प्रजातिका बाेटबिरूवा वृक्षारोपण गरेकाे हाे ।

धुपी लगाएतकाे विभिन्न बाेट बिरूवाबाट विद्यालय वरिपरिको वातावरण सुन्दर एवं हराभरा बनाउन तथा टिमुर र रिठ्ठाबाट विद्यालयलाई दीर्घकालीन आर्थिक आम्दानी हाेस् भन्ने हेतुले उक्त वृक्षाराेपन गरिएकाे विद्यालयका प्रधानाध्यापक ताेप बहादुर घर्तिमगरले बताउनु भएकाे छ । गएका वर्षहरूमा पनि विद्यालय परिसरमा फलफूल तथा विभिन्न प्रजातिका बाेटविरूवाहरू राेपिएकाे बताउँदै यस वर्षपनि ४ सयओटा टिमुर,१ सयओटा रिठ्ठा र ५० ओटाधुपी लगाएतका विभिन्न प्रजातिका बाेटबिरूवाहरू लगाइएकाे प्रधानाध्यापक घर्तीमगरकाे भनाइ छ । उक्त वृक्षारोपण कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष हस्तबीर घर्तीमगर लगाएत विव्यस पदाधिकारी , स्थानीय अग्रज बुद्धिजीवी ,शिक्षक,अभिभावकहरूकाे उपस्थिति रहेकाे थियाे ।

प्रकाशित मिति : २०८२ साउन १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस