रुन्टिगढि गाउँपालिकामा रोल्पा जिल्ला क्वानकिडो संघको सल्लाहकार तथा प्रशिक्षक नियुक्त कार्यक्रम हुने भएको छ । रोल्पा जिल्ला क्वानकिडो संघ रोल्पाको आयोजनामा उक्त कार्यक्रम हुने भएको हो ।
कार्यक्रम साउन १७ गते शनिबारका दिन रुन्टिगढि गाउँपालिकाको केन्द्र होलेरीमा हुन लागेको बताईएको छ । सल्लाहकार तथा प्रशिक्षक नियुक्ती कार्यक्रममा सम्पुर्ण खेलाडी प्रशिक्षक, अभिभावक आमा बुबा, दाजु भाइ, दिदीबहिनिहरुलाई उपस्थितिको लागि अनुरोध गरिएको छ ।
क्वानकिडो संघ रोल्पा जिल्ला खेलकुद विकास समिति रोल्पामा मिति २०८०÷बैशाख÷०५ गते दर्ता भएको रोल्पा जिल्ला क्वानकिडो संघ रोल्पाका अध्यक्ष सुरेन्द्र वलिले बताउनु भएको छ । उक्त संघको प्रथम अधिवेशन मिति २०८१÷माघ÷२४ गते रोल्पाको परिवर्तन गाउँपालिकाको केन्द्र पुतलाचौरमा भएको समेत वलिले जानकारी दिनु भयो ।
प्रकाशित मिति : २०८२ साउन ९ गते बिहिवार


