प्रेस सेन्टर दाङ र अनेम संघ क्रान्तिकारीले सहिद परिवारको धान रोप्यो

असार १५ दाङ, प्रेस सेन्टर नेपाल दाङ र अखिल नेपाल महिला संघ क्रान्तिकारी दाङले संयुक्त रुपमा २२ औ राष्ट्रिय धान दिवस मनाएको छ । घोराही उपमहानरपालिका १७ क्वाडी निवासी सहिद परिवार रेमन्ता पुनको १० कठ्ठा जमिनमा धान रोपाइँ गरिएको छ । जनयुद्धका बेला पुनको आमा,बुवा र दिदीलाई सेनाले हत्या गरेको थियो ।जनयुद्धका बेलामा सहित परिवारले गरेको योगदानको सम्मान गर्दै सहिद परिवारको घरमा धान रोपाइँ गरिएको हो ।

जनयुद्धले समाज रुपान्तरण ठुलो भुमिका खेलेको भन्दै पार्टी र सहिद परिवारलाई एकै ठाउँमा जोड्न धान दिवस मनाईएको हो । त्यस अवसरमा बोल्दै नेकपा माओवादी केन्द्र दाङका ईन्चार्ज निर्मल आचार्य (बिमल) ले धान रोपाइँले पार्टी र सहिद परिवारलाई एक ठाउँमा जोडिन सहयोग पुग्ने बताउँनुभयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका आचार्यले किसानले उत्पादन गरेको धानको समर्थन मुल्य तोकी किसानको खेतबाट सरकारले धान उठाउन स्थानीय सरकारलाई आग्रह गर्नुभयो ।

धानखेती सुरुभएसंगै बजारमा रासायनिक मलको अभाव र मुल्यबृद्धि हुने गरेको प्रतिकृया दिदै मलमा भईरहेको कालोबजारी नियन्त्रण गर्न सुझाब दिनुभयो । सरकारले करोडौ अनुदानमा खरिद गरेको मल किसानले चर्काे मुल्यमा खरिद गर्न बाध्य पारिएको भन्दै यसलाई अन्त्य गर्नुपर्ने बताउँनुभयो । प्रमुख अतिथी आचार्यले दाङमा सिचाँई सुबिधाको अभाव रहेकोले संघ प्रदेश र स्थानीय सरकारले सिचाइँ सुविधा गाउँ गाउँमा पु¥र्याउँन भुमिका खेल्न सुझाब दिनुभयो ।

धान दिवसलाई माओवादी केन्द्र लुम्बिनी प्रदेशका उपाध्यक्ष लुमाकान्त न्यौपाने (सागर) नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन,अखिल नेपाल महिलासंघ क्रान्तिकारी लुम्बिनी प्रदेश अध्यक्ष पुनम सेपाईली, लगाएतले आ आफ्ना धारणा राख्नु भएको थियो । अखिल नेपाल महिला संघ क्रान्तिकारी दाङका अध्यक्ष दीलकुमारी बुढाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रेस सेन्टर नेपाल दाङका अध्यक्ष जनक नेपालीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८२ असार १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस