रोल्पामा टयाक्तर दुर्घटना हुँदा एकजनाको मृत्यु

८ पुष २०८१, सोमवार – रोल्पामा ट्याक्टर दुर्घटनामा परेर १ जनाको मृत्यु भएको छ ।

माडी गाउँपालिका ६ हान्निङदेखि मेलडाँडा तर्फ बालुवा लगेर जादै गरेको ट्याक्टर दुर्घटनामा परेको हो ।मृत्यु हुनेमा सोहि ट्याक्टरका सह–चालक माडी गाउँपालिका ६ काजबाङ तेरा बस्ने अन्दाजी ३९ वर्षका लक्ष्मण दमाई रहनुभएको छ । रा ४ त ८६१ नम्बरको ट्याक्टर ओरालो बाटोमा ब्रेक फेल हुँदा दुर्घटनामा परेको प्रहरीले बताएको छ । ट्याक्टर दाङ घोराही उप–महानगरपालिकाका राजेश चौधरीले चलाएका थिए । घटना भएको खबर पाउन साथ प्रहरी निरिक्षक देबसिंह भण्डारीको कमाण्डमा ६ जना टोलि खटेको थियो ।

उक्त टोलीले चालक र ट्याक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । ट्याक्टर सडक देखि ३०० मिटर तल खसेको थियाे ।

प्रकाशित मिति : २०८१ पुष ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस