राष्ट्रपति रामचन्द्र पौडेलको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा आज बिहान प्रोटेस्टको शल्यक्रिया हुदै

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा आज बिहान भर्ना भएका छन् ।

उक्त अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङका अनुसार प्रोटेस्टसम्बन्धी समस्याको शल्यक्रिया गर्न उनी आज अस्पताल भर्ना भएका हुन् ।।

प्राध्याक डाक्टर भोलाराज जोशी नेतृत्वको टोलीले उनको शल्यक्रिया गर्दैछ । राष्ट्रपति पौडेलले १५/१६ वर्षदेखि प्रोटेस्टको औषधि सेवन गरिरहेका थिए । अहिले उपयुक्त समय छनोट गरेर उनको शल्यक्रिया गर्न लागिएको एक चिकित्सकले बताए । ‘प्रोटेस्टको सामान्य समस्या थियो । त्यही सफा गर्ने हो । प्लानअनुसार नै भर्ना हुनुभएको हो’, अस्पताल स्रोतले भन्यो ।

राष्ट्रपति पौडेलको आज नै शल्यक्रिया हुँदैछ । प्रक्रिया सुरु गरिसकेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

 

प्रकाशित मिति : २०८१ मङ्सिर १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस