राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेशको छैठो बार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम समपन्न

हाम्रो अभियान लोक सस्कृती को संरक्षण श्रष्टाको सम्मान ,नब प्रतिभाको सम्मान भन्ने मुला नारा सहित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेश कार्यसमिति को छैठौ साधारण सभा तथा सम्मान कार्यक्रम २०८१ राप्ती गाउँपालिका को देउखुरी मा सम्पन्न भएको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेश कार्यसमिति अध्यक्ष श्री दिपु मगर को अध्यक्षता मा सुरु भएको कार्यक्रम प्रमुख अतिथि पुर्ब केन्द्रिय अध्यक्ष श्री दुर्गा रायमाझी ,बिशिस्ट अतिथि राप्ती गाउँपालिका अध्यक्ष प्रकाश् बिष्ट ,उपाध्यक्ष कमलापनी चौधरी ,केन्द्रिय समिति सल्लाहकार खिम ब हमाल ,सचीव दिपक गौराज ,सह सचिव सीता राणा नि बर्तमान सचीव वा सल्लाहकार प्रचण्ड जि सि ,केन्द्रिय सदस्य पुरुषोत्तम भण्डारी ,घोराही उप महानगर पालिका १३ न वडा अध्यक्ष दुल्लुराम पोखरेल को अतिथि रहनुभएको छ र अन्य केन्द्रिय समिति का सदस्य ज्युहरु सल्लाहकार ज्युहरु प्रदेश समिति नि- बर्तमान अध्यक्ष ज्युहरु सदस्य हरु सम्पुर्ण लुम्बिनी प्रदेश का १२ जिल्ला का अध्यक्ष सचिव र कोषाध्यक्ष ज्युहरु लगायत सम्पुर्ण कलाकार नृत्यकार को उपस्तिथि रहेको थियो ।

यस कार्यक्रमका बिच ४ जना उत्कृष्ट, कलाकार ,नृत्यकार पत्रकार, बादयबादक लाइ सम्मान गरेको छ जस्मा बि स २०५७ साल देखि दोहोरी गीत मार्फत देशका विभिन्न स्थान मा वा क्षेत्र मा पुगि लोक तथा दोहोरी गीत को संरक्षण गर्नु भएको छ जो विभिन्न रेकर्ड मार्फत विभिन्न गीत हरुमा स्वर पनि दिइ सक्नु भएको छ जो हुनुहुन्छ पुष्पा खड्का ( निमा सुवेदी ) उत्कृष्ट हुनुभएको थियो त्यसै गरी लेखक क्षेत्रमा कलम चलाइ पत्रकार को रुपमा कान्तिपुर मिडिया का सम्बादाता एबम पत्रकार समशेर बिक्रम जि सि उत्कृष्ट हुनुभएको थियो । त्यसैगरी बाद्यबाद्न क्षेत्रमा अब्बल कला का खानी रोल्पाली बाद्यबाद्क सुनिलस्मृती गा पा का दिपक पुन मगर उत्कृष्ट हुनुभएको थियो र नब प्रतिभा का खानी नृत्यकार अर्घाखाँची बात प्रतीक्षा बि क उत्कृष्ट हुँदै पुरस्कृत हुनुभएको थियो ।

कार्यक्रम मा बोल्दै तथा सुभकामना मन्तब्य दिदै सम्पुर्ण अतिथि हरु ले आ आफ्नो भनाइ ब्यक्त गर्नु भएको थियो जसमा हास्य कलाकार पुरुसोतम भणडारी ले हास्य ब्याङगे सङगै गीत गाएर आफ्नो भनाइ राखनु भएको थियो , दुल्लुराम पोखरेल घोराही उ प मा १३ का अध्यक्ष ले सस्कृती लाई बचाइ राखनु पर्छ म पनि प्रतिष्ठान को सदस्य हो यसको सरक्षन गर्नु पर्छ भननु भएकी छ र अन्य अतिथि हरुले आ आफ्नो भनाइ व्यक्त गर्नु भएको थियो र नि बर्तमान सचीब ले आफ्नो भनाइ पनि राख्नु भएको थियो उहाले लोक गीत समाजको ऐना हो ,लोक गीत एक बिधा हो दुख र सुख दिलाउने सस्था हो ४०००० साधारण सदस्य र ४००० आजिबन सदस्य रहेका छन पनि भन्नू भएको छ। र त्यसै गरि केन्द्रिय सचीव दिपक गौराज ले पनि आफनो महत्त्वपूर्ण भनाइ राखनु भएको छ उहाँ लोक सास्कृती प्रतिष्ठान लाई जगाउन हामी सबै लाग्नु पर्छ भन्नू भएको छ । बिशिस्ट अतिथि केन्द्रिय समिति सल्लाहकार सदस्य खिम ब हमाल ले लोक सास्कृतिक प्रतिष्ठान को बारेमा धेरै महत्त्वपूर्ण भनाइ राख्नु भएको थियो र आज प्रमुख अतिथि दुर्गा रायमाझी ले लोक तथा सास्कृतिक प्रतिष्ठान भनेको छेपारो जस्तो होइन ,भ्यागुतो जस्तो पनि होइन र लोक प्रतिष्ठान भनेको त कछुवा जस्तो हुनुपर्छ भन्ने कुराको जानकारी दिनु भयो ।लोक सास्कृतिक भ्नेको देशमा रेहेका परम्परा गत देखि चली आएका सास्कृतिक लाई बचाउनु पनि हाम्रो आधार हो।भन्नू भएको थियो र उहाँ ले लोक सास्कृतिक को बारेमा महत्त्व पुर्न कुरा हरु बोल्नु भएको थियो।

कार्यक्रम मा सम्पुर्ण जिल्ला का अध्यक्ष ज्यु ,पत्रकार अतिथि गन लगायत लाई मायाको चिनो प्रदान गरिएको थियो भने उत्कृष्ट हुने जिल्ला हरुलाइ सम्मान पत्र द्वारा सम्मान गरिएको थियो।

आर्थिक प्रतिबेदन तर्फ को जम्मा आम्दानी रकम रु २९००९६० रेहेको थियो भने खर्च तर्फ २९००९६० नै भएको थियो ,अब उठाउन बाकि रकम रु ११०९७९० रहेको छ भने तिर्नुपर्ने रकम रु १२०८७९५ रहेको जानकारी छ ।

साङगठनिक प्रतिबेदन तर्फ लुम्बिनी को जिल्ला हरुको सस्था साङगठनिक बारे मुल समिति बारे लगायत का कुराहरु राखिएको छ। र सो कार्यक्रम सब्य र भब्य बनाउन का लागि लुम्बिनी प्रदेश राप्ती गा पा को थारु समुदाय को एक अत्यन्तै दमादार सास्कृतीक प्रदशन भएको थियो र नृत्य पनि भएको थियो।

प्रतिष्ठान का वरिष्ठ उपाध्यक्ष दामोदर बस्यालको स्वागत मन्त्ब्य बाट सुरु भएको कार्यक्रम को संचालन प्रतिष्ठान का सचीव योगराज पोखरेल ले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०८१ भाद्र ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस