परिवर्तन गाउँपालिका रोल्पाको दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता दोस्रो दिन पनि जारी

परिवर्तन गाउँपालिका दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आज दोस्रो दिन पनि जारी रहेको छ।”स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद”भन्ने मुलनाराको साथ परिवर्तन गाउँपालिका रोल्पाको व्यवस्थापन तथा परिवर्तन गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा २५ पुष देखि सुरु भएको दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० शहिद स्मृती रंगशाला परिवर्तन गाउँपालिका-५ राङ्कोटको धामाचौरमा बिहीबार दोस्रो दिन पनि जारी रहेको हो।

आज दोस्रो दिन राष्ट्रपति रनिङ शिल्ड खेलकुदमा समावेश भएका खेलकुद मध्ये छात्र भलिबल,कबड्डी र मार्सल आर्ट तर्फ कराँते छात्र र छात्रा तथा छात्र एकल काँटा र छात्रा एकल काँटा सञ्चालन भएका छन।छात्र भलिबलको नकआवट चरणको गेम सकिएको छ।जसमा बाल शिक्षा मावि इरिबाङ क्वाटर फाइनल प्रवेश गरेको छ भने बाल कल्याण मावि कुरेली नकआवट भएको छ।
नेपाल राष्ट्रिय नमूना मावि राङ्कोट क्वाटर फाइनल प्रवेश गरेको छ भने जनसेवा नमूना मावि राङ्सी नकआवट भएको छ।जनता मावि इरिबाङ बागमारा क्वाटर फाइनलमा प्रवेश गरेको छ भने नेपाल राष्ट्रिय मावि इरिबाङ नाफे नकआवट भएको छ।दिव्य ज्योति मावि माइस्थान पाछाबाङ क्वाटर फाइनल प्रवेश गरेको छ भने जन कल्याण मावि धानाबारा कुरेली नकआवट भएको छ।नकआवट चरणको गेमको १ देखि १६ वटा चिट्ठा बनाएर परिवर्तन गाउँपालिका भित्रका १२ वटा माध्यमिक विद्यालयहरुलाई चिट्ठा टिपाउँदा ४ वटा विद्यालय बाई परेका थिए।
जसमा राष्ट्रिय मावि केवरी इरिबाङ,नेपाल राष्ट्रिय मावि रामखुङ राङ्सी,जन ज्योति मावि आरखोला पाछाबाङ र जन कल्याण मावि त्रिवेणी राङकोट रहेका छन।त्यस्तै छात्र भलिबल प्रतियोगिताको क्वाटर फाइनलको खेलकुद समेत भएको छ।जसमा बाल शिक्षा मावि इरिबाङ सेमीमा प्रवेश गरेको छ भने राष्ट्रिय मावि केवरी इरिबाङ नकआवट भएको छ।
नेपाल राष्ट्रिय नमूना मावि राङ्कोट सेमीमा प्रवेश गरेको छ भने नेपाल राष्ट्रिय मावि रामखुङ राङ्सी नकआवट भएको छ। दिव्य ज्योति मावि माइस्थान पाछाबाङ र जन ज्योति मावि आरखोलाले एक एक सेट जितेको हुनाले भोलि हुने भएको छ।छात्र कबड्डी प्रतियोगिताको पनि नकआवट चरणको खेल भएको छ।जसमा जनता मावि बागमारा क्वाटर फाइनल प्रवेश गरेको छ भने जन ज्योति मावि आरखोला नकआवट भएको छ।जनसेवा नमूना मावि राङ्सी क्वाटर फाइनलमा प्रवेश गरेको छ भने नेपाल राष्ट्रिय मावि रामखुङ नकआवट भएको छ।
बाल कल्याण मावि उपबाङ क्वाटर फाइनलमा प्रवेश गरेको छ भने जन कल्याण मावि त्रिवेणी नकआवट भएको छ।जनसेवा नमूना मावि राङ्सी क्वाटर फाइनलमा प्रवेश गरेको छ भने राष्ट्रिय मावि केवरी नकआवट भएको छ।।छात्र कबड्डी प्रतियोगितामा बाई परेका ४ वटा विद्यालय नेपाल राष्ट्रिय मावि नाफे,दिव्य ज्योति मावि माइस्थान,जन कल्याण मावि धानाबारा र नेपाल राष्ट्रिय नमूना मावि मौलाबोटको भोलि हुने भएको छ।
मार्सल आर्ट तर्फको कराँते प्रतियोगिताको छात्र ४२ केजी,४७ केजी,५२ केजी,५७ केजी,६२ केजी र एकल काँटा सम्पन्न भएको छ भने कराँते छात्रा ४० केजी,४५ केजी,५० केजी,५५ केजी,६० केजी र एकल काँटा समेत सम्पन्न भएको छ।जसमा १२ वटा गोल मेडलमा १० वटा आफ्नो पोल्टामा पार्दै बाल कल्याण मावि कुरेली उपबाङले खाता खोलेको छ।१ वटा गोल मेडल आफ्नो पोल्टामा पार्दै जन कल्याण मावि धानाबाराले पनि खाता खोलेको छ भने दिव्य ज्योति मावि माइस्थानले पनि आफ्नो पोल्टामा १ वटा गोल मेडल प्राप्त गर्दै खाता खोलेको छ।

प्रकाशित मिति : २०८० पुष २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस